धनकुटा र पाँचथरमा पहिरो : ११ जनाको मृत्यु

धनकुटा र पाँचथरमा मंगलबार राति गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा दशैंमा टीका लगाउन आएका ६ जनाकोे पहिरोले घर बगाउँदा मृत्यु भएको हो । त्यस्तै ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ र झापाको दमक …