एकजना स्वकीयको भरमा सिंगो मन्त्रालय

हेटौंडा : बागमती प्रदेशको पाँचवटा मन्त्रालय भएको ६ तले भवनको छैटौँ तला। जसको दायाँपट्टि केही समयअघि विभाजित भएर बनेको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय छ। जुन मन्त्रालय मन्त्रीले नियुक्त गरेका पाचौँ तहको एक स्वकीयले चलाइरहेका छन्।गठबन्धन दलमा भागबण्डा मिलाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट विभाजन भएर बनेको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मन्त्रीले नियुक्त गरेका एकजना स्वकीयको भरमा चलिरहेको हो।दलीय भागवण्डा मिलाउन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रा