चितुवा मृतावस्थामा फेला

 तनहुँको बन्दीपुर गाउँपालिकास्थित थुम्कामा आज एक चितुवा मृतावस्थामा फेला परेको छ । बन्दीपुर गाउँपालिका–५ थुम्कामा पोथी प्रजातिको चितुवा मृतावस्थामा फेला परेको हो । अन्दाजी सात/आठ वर्षको चितुवा ३८ किलोको रहेको सव डिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेज भुजेलले जानकारी दिए । उनका अनुसार विषादी प्रयोग भएको आहारा खाएर चितुवाको मृत्यु भएको हुनेसक्ने प्रारम्भिक आँकलन गरिएको छ । थप कारणबाट विस्तृत अनुसन्धानबाट खुल्ने उनले बताए । विगत एक वर्षमा तनहुँका विभिन्न स्थानमा मृत फेला पर्ने

सम्बन्धित सामग्री

चितुवाले खोरभित्र बाँधिएका २३ बाख्रा मार्यो

गुलरिया नगरपालिका–५, सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ बाख्रा चितुवाले मारेको छ । खोरभित्र बाँधिएका २३ बाख्रालाई चितुवाले मारेको तथा करिब रु तीन लाख बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिए ।नजिकैको सामुदायिक वनबाट आएको चितुवा राति एक्कासी आएर सबै बाख्रा मारेको पौडेलले बताए । सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मृतावस्थामा फेला परेका र अन्य विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौ

चितुवा मृतावस्थामा फेला

दाङको लमहीस्थित अजम्मरी सामुदायिक वनमा मृतावस्थामा चितुवा फेला परेको छ । चितुवा केही दिनअघि नै मरेको हुनसक्ने डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत पुरण चौधरीले आज जानकारी दिए  ।उनका अनुसार दाउरा लिन गएका स्थानीयवासीले देखेपछि वन कार्यालयलाई खबर गरेका थिए । चितुवाको घाँटीमा पासो लागेकोजस्तो निशान फेला परेको छ । जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुनसक्ने  जनाइएको छ  । चितुवालाई परीक्षण गरी व्यवस्थापन गरिने उनले जानकारी दिए ।

चितुवा मृतावस्थामा फेला

जिल्लामा एक वयस्क चितुवा मृतावस्थामा फेला परेको छ। गोरखा नगरपालिका–४, फिनाम, आरुस्वाँरामा मृत पोथी चितुवा फेला परेको हो।

तीन दिनमा दुई चितुवा मृतावस्थामा फेला

गोरखा : गोरखाको पालुङटार नगरपालिका–९ घडेरीखोलास्थित मानव बस्तीभित्र आइतवार एउटा चितुवा मृतावस्थामा भेटिएको छ। शरीरमा कतै पनि चोटपटक नलागेको अवस्थामा बयस्क पोथी चितुवा मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए। ‘चितुवा मृत फेला परेको ठाउँमा वरपर चितुवाले दिसा र बान्ता गरेको समेत पाइएको छ’,