खाद्यान्न (अ)सुरक्षा

आपत्कालीन अवस्थामा खाद्यान्न आपूर्ति सहज बनाई खाद्यान्नको सुरक्षा गर्न सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई खाद्यान्न खरीद र भण्डारणको जिम्मेवारी तोकेको छ । नेपालमा खाद्य सुरक्षाको अवस्था कमजोर रहेकाले आपत्कालीन अवस्थाका लागि भण्डारण गर्नुपर्ने हुन्छ । त्यसैले सार्क खाद्य भण्डार र राष्ट्रिय खाद्य भण्डार गरी दुई शीर्षकमा खाद्यान्न भण्डारण गर्ने गरिएको छ । कम्पनीको वेबसाइटमा राष्ट्रिय भण्डारमा २५ हजार मेट्रिक टन र सार्क खाद्य भण्डारमा ८ हजार मेट्रिक टन (मेटन) गरी कुल ३३ हजार खाद्यान्न मौज्दात रहेको देखाएको छ । तर, कार्यालयले दिएको जानकारीअनुसार भने ऊसँग अहिले १४ हजार मेटन खाद्यान्न मौज्दात रहेको छ । राष्ट्रिय आवश्यकताअनुसार खाद्यान्न मौज्दात नरहेकाले कुनै आपत्कालीन अवस्था आए खाद्य असुरक्षा टड्कारो रूपमा हुने देखिन्छ ।  संविधानले नै हरेक नागरिकलाई पोषणयुक्त खानेकुराको प्रत्याभूति गरेको छ । त्यसैअनुसार कृषि रणनीति तयार गरिए पनि कागजी योजना र स्थलगत अवस्था फरक छ । खाद्यान्न उत्पादन र वितरणमा देखिएको असन्तुलनका कारण ७ प्रतिशतको हाराहारीमा जनताहरू खाद्यान्न असुरक्षाबाट प्रभावित बनेको पाइन्छ । खाद्य सुरक्षाका लागि भन्दै सरकारी कर्मचारीलाई तालीमलगायतमा ठूलो रकम खर्च गरेको देखिन्छ । तर, किसानसँग खाद्यान्न खरीद गर्न कम्पनीलाई सरकारले पर्याप्त रकम आवश्यक समयमा उपलब्ध गराउन सकेको छैन । धान बाली भित्त्याउने बेलामा किसानले सरकारले तोकेको खरीद मूल्यभन्दा सस्तोमा धान बेच्न बाध्य भएको पाइन्छ । यो धान सरकारी कम्पनीले किनिदिने हो भने एकातिर किसानहरू लाभान्वित हुन्छन् भने अर्कातिर कम्पनीसँग खाद्यान्नको मौज्दात पर्याप्त रही खाद्य मौज्दात अपेक्षित परिमाणमा जम्मा हुन्छ । यसले खाद्य सुरक्षाको स्थितिमा सुधार ल्याउँछ । खाद्यान्न भण्डारण गर्नुमात्र पर्याप्त हुँदैन, कति समयसम्म त्यसलाई भण्डारण गर्ने र कति समयपछि त्यसलाई बजारमा लैजाने भन्नेमा पनि विशेष ध्यान जानुपर्छ । खाद्यान्न नबिग्रियोस् भन्नका लागि भण्डारणमा नयाँनयाँ खाद्यान्नको मौज्दात बढाउँदै जानुपर्छ भने पुरानो मौज्दात विक्री गर्दै पनि जानुपर्छ । खाद्य व्यवस्था कम्पनीले यसरी खाद्य व्यवस्थापन गर्न चुकेको देखिन्छ । त्यही भएर केही समयअघि कर्णालीमा बेचेको खाद्यान्न कुहिएर काम नलाग्ने भइसकेको समाचार आएको थियो ।  केही शहरी केन्द्रमा ५–१० रुपैयाँ छूटमा खाद्य सामग्री बेचेर खाद्य सुरक्षामा सुधार आउँदैन र मूल्यमा पनि नियन्त्रण गर्न सकिँदैन । त्यसैले बजारमा हस्तक्षेप गर्न सक्नेगरी सामान आपूर्ति गर्ने सामथ्र्य कम्पनीमा हुने गरी यसलाई बलियो बनाइनु उपयुक्त हुन्छ ।  खाद्य सुरक्षाका लागि यसको उपलब्धता, पहुँच र पर्याप्त खाद्य उपयोगजस्ता कुरामा स्थिरता हुन अनिवार्य मानिन्छ । खेतीपाती निकै जोखिमपूर्ण व्यवसाय भएकाले तथा प्रकृतिमा निर्भर भएकाले यसको उत्पादनमा ठूलो अन्तर आउने गरेको छ । यसलाई सम्बोधन गर्न सरकारले खाद्यान्न भण्डारणको जिम्मा खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दिएको हो । कम्पनीले यही मौज्दातबाट दशैंतिहारलाई लक्षित गरी सुपथ मूल्यका पसल सञ्चालन गरेको छ । कम्पनीसँग खाद्यान्न भण्डारणको लागि पर्याप्त भण्डारण केन्द्र रहेको देखिन्छ । तर, समयमै सरकारले बजेट उपलब्ध नगराउँदा उसले किसानसँग धान खरीद गर्न नसकेको देखिन्छ । यस्तो अवस्थामा सुधार गर्न समयमै पर्याप्त बजेट दिइनुपर्छ र आवश्यक पूर्वाधार बनाउन पनि आवश्यक छ । बजार अर्थतन्त्रमा सरकारले खाद्यान्नको व्यापार गर्नु उपयुक्त मानिँदैन, त्यो काम विशुद्ध निजीक्षेत्रको हो । तैपनि सरकारले यस्तो कम्पनीका माध्यमबाट ठूलो परिमाणमा खाद्यान्न भण्डारण गर्ने र मूल्य बढेको बेला त्यसलाई बजारमा पठाउने हो भने मूल्य नियन्त्रणमा निकै सहयोगी हुन्छ । तर, कम्पनीले पनि प्रचारबाजीलाई नै माध्यम बनाएको देखिन्छ । दशैंतिहारका उपलक्ष्यमा केही शहरी केन्द्रमा ५–१० रुपैयाँ छूटमा खाद्य सामग्री बेचेर खाद्य सुरक्षामा सुधार आउँदैन र मूल्यमा पनि नियन्त्रण गर्न सकिँदैन । त्यसैले बजारमा हस्तक्षेप गर्न सक्नेगरी सामान आपूर्ति गर्ने सामथ्र्य कम्पनीमा हुने गरी यसलाई बलियो बनाइनु उपयुक्त हुन्छ । 

सम्बन्धित सामग्री

‘वर्षायाममा खाद्यान्न अभाव हुन्न’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँकतै खाद्यान्न अभाव नहुने जनाएको छ। देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको, थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हाल काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा ३६ हजार तीन सय ५६ क्विन्टल खाद्यान्न मौज्दात छ। अतिदुर्गम तथा […]

हिमपातले खाद्यान्न ढुवानी गर्न समस्या

बझाङ – बझाङको दुर्गम साइपाल गाउँपालिकामा हिमपातका कारण खाद्यान्न ढुवानी गर्न समस्या भएको छ। बुधबार भएको हिमपातका कारण बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न समस्या भएको हो। यातायातका साधन नपुगेको उक्त गाउँपालिकामा भेडा, खच्चरबाट खाद्यान्न आयात गरिएको छ। हिमपातका वडा नं १ देखि ५ सम्म बाटो अवरुद्ध भएको थियो। खाद्यान्न अभाव हुन नदिन काँडा बिक्री […]

लिमिटेडद्वारा खाद्यान्न बिक्री सुरु

सिमकोट – चार महिनापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयले ढुवानी अनुुदानको खाद्यान्न बिक्री गरेको छ। यस वर्षको कोटाको खाद्यान्न ढुवानी भएर आएपछि बिक्री गर्न मिल्ने गरी मौज्दात हुँदा शाखाले बिक्री सुुरु गरेको हो। लामो समय बिक्री बन्द गरिएको खाद्यान्न आइतबारबाट सुुरु गरिएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए। असोजमा दसँैका लागि […]

हुम्लामा खाद्यान्न ढुवानी हुन सकेन

सुर्खेत – नयाँ ठेक्काको खाद्यान्न ढुवानी नभएपछि हुम्लामा खाद्यान्न कम हुँदै गएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दिएको जानकारीअनुसार ढुवानी प्रक्रिया लामो भएका कारण आर्थिक वर्ष सुरु भएको चार महिना बित्नै लाग्दा पनि नयाँ कोटाको खाद्यान्न ढुवानी हुन ढिलाइ भएको हो। लिमिटेडका प्रमुख कृष्णप्रसाद अधिकारीले गोदाममा खाद्यान्न मौज्दात कम भएको र ढुवानी समयमै […]

छुटमा खाद्यान्न वितरण

सिमकोट– नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज एक गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ ।  दशैँका लागि प्रतिकेजी सात कम गर्ने गरी खाद्यान्न वितरण गरिने भएको हो । हिजोआज बिक्री भइरहेको मूल्यभन्दा प्रति केजी सात रुपैयाँ कमका दरले असोज एक गतेदेखि  कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने निमित्त कार्यालय प्रमुख […]

माछाखोला डिपोमा खाद्यान्न सकियो

उत्तरी गोरखाको माछाखोला डिपोमा खाद्यान्न सकिएको छ। केहीदिन यता स्थानीयले सहुलियतको खाद्यान्न डिपोबाट खरिद गर्न पाएका छैनन्।...

तुइनबाट खाद्यान्न ढुवानी

सिमकोट- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न तुइनबाट ढुवानी हुँदै आएको छ। कर्णाली नदीमा पुल नभएपछि नयाँ तुइन निर्माण गरेर खाद्यान्न ढुवानी गर्न थालिएको हो। जिल्लाका लागि निर्धारित कोटाको खाद्यान्न चङ्खेली र सर्केगार्ड गाउँपालिकाको सलीसल्लाको कर्णाली नदीमा तुइनबाट खाद्यान्न ढुवानी गरिँदै आएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए। कर्णाली करिडोरको सलीसल्लासम्म नेपालगञ्ज […]

हुम्लामा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी सुरु

सिमकोट – हुम्लामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी सुरु भएको छ। खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयर कार्गोले हेलिकोप्टरबाट खाद्यान्न ढुवानी सुरु गरेको हो। यसअघि खाद्यान्न ढुवानी गर्दै आएका निजी एयरलाइन्सहरु सबै काठमाडौँ केन्द्रित भएपछि उक्त कार्गोले विकल्पमा माउन्टेन एयरको हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरेको छ। उक्त खाद्यान्नमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानी अनुदान दिएको छ। […]

विकासको कामवापत खाद्यान्न

यार्सागुम्वा लगायतका जडीवुटी सङ्कलन गर्न नपाएका डोल्पाका सर्वसाधारणलाई प्रदेश सरकारले विकासका काम गरेवापत खाद्यान्न सहयोग गर्न लागेको छ । विकास निर्माणको काम गरेवापत खाद्यान्न उपलब्ध गराउनका लागि कर्णाली प्रदेश सरकारले डोल्पाका स्थानीय तहलाइ बजेट निकासा गरेको छ ।     दुई वर्षसम्म यार्सागुम्वा टिप्न नपाएका यहाँका सर्वसाधारणलाई खाद्यान्न खरिद गर्न मुश्किल भएको भन्दै गुनासो आएको थियो । मुख्य कमाइको माध्यम यार्सागुम्वा नै दुइ वर्ष देखि कोभिडले सङ्कलन गर्न नपाएपछि समस्यामा परेका सर्वसाधारणलाई यो सहायताले राहत मिले...

खाद्यान्न उत्पादन गर्दै खाद्य बैंक

पहिलो प्राथमिकता अन्नबाली, क्रमशः अन्य उत्पादन पनि बढाइनेनिजी क्षेत्रबाट स्थापना भएको राष्ट्रिय खाद्य बैंकले खाद्यान्न उत्पादन गर्ने भएको छ ।स्थानीय उत्पादनले माग धान्न नसकेर अर्बौं रुपैयाँको खाद्यान्न आयात भइरहेका बेला स्वदेशमै आत्मनिर्भर बन्नका लागि बैंकले खाद्यान्न उत्पादन गर्न लागेको हो ।चालू आर्थिक वर्षको ७ महिनामा चामल, मकै, गहुँ, कोदोलगायत ४८ अर्बको खाद्यान्न आयात भएको सरकारी […]