कमल थापालाई राजेन्द्र लिङ्देनको जवाफः शालीनतालाई कमजोरी ठान्नेदेखि दया लाग्छ

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मौनता र शालिनतालाई कमजोरी ठान्ने पार्टीभित्र र बाहिरकालाई देखेर दया लाग्ने टिप्पणी गरेका छन् । पूर्व अध्यक्ष कमल थापाले नेतृत्वको आलोचना गरिरहेको बेला लिङ्देनले यस्तो जवाफ फर्काएका हुन् । ‘हाम्रो मौनता,शालीनतालाई कमजोरी ठान्नेभित्र बाहिरका दुवै थरीलाई देखेर दया लाग्छ’, उनले ट्वीटरमा भनेका छन्, ‘कसैलाई भ्रम नरहोस् राप्रपाको गति कसैले रोकेर रोकिन्न, राप्रपा अघि बढ्छ ।’  उनले अब राप्रपालाई असफल हुने सुविधा नभएको पनि बताएका छन् । पार्टी अध्यक्षमा पराजित भएप...