प्रधानन्यायाधीश विरुद्ध ९८ जना सांसदहरुले दर्ता गराए महाभियोग प्रस्ताव

फागुन १, काठमाडौं । प्रधानन्यायाधीश विरुद्ध ९८ जना सांसदहरुले संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध विभिन्न राजनीतिक दलका सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । उक्त प्रस्ताव आइतवार बिहान ११ बजेर १० मिनेटमा दर्ता भएको स्रोतले बताएको छ । सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका ९८ जना सांसदहरुले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाभियोग प्रस्तावमा कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदहरुले उक्त प्रस्तावमा हस्ताक्षर गरेको बुझिएको छ । नेपाल बार एशोसिएशनले जबराको राजीनामा माग गर्दै विगत केहि महीनादेखि आन्दोलन गर्दै आएको छ । जबराले राजीनामा दिनुपर्ने भन्दै उसले महाभियोग लगाउन दलहरुको ध्यानाकर्षण समेत गराएको थियो ।

सम्बन्धित सामग्री

'राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आयो'

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आएको दाबी गरेका छन्। महाभियोग सिफारिस समितिमा जवाफ दिँदै जबराले दीपककुमार कार्कीलाई केही समय प्रधानन्यायाधीश बनाउन सहमत भए महाभियोग फिर्ताको प्रस्ताव आएको जिकिर गरेका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा प्रस्ताव लिएर आएको भन्दै कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना) ले प्रस्ताव गरेको दाबी गरे। आफ्नो भनाइ

प्रधानन्यायाधीश विरुद्धकाे महाभियोग प्रस्ताव तुरुन्तै अघि बढाइयोस् : एमाले

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संसद्‌मा तत्काल अगाडि बढाउन माग गरेको छ। बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खगराज अधिकारीले महाभियोग प्रस्ताव किन? रोकेको भन्दै सरकारलाई प्रश्न गरेको हुन्। उनले भने, ‘महाभियोग प्रस्ताव असरल्ल पार्न ल्याइएको कि फैसला गर्न ल्याइएको तुरुन्त अगाडि बढाइयोस्।’ निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध पाँच दलीय गठबन्धनको तर्फबाट संसदमा महाभियोग दर्ता

प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

२४ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन माग गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीले महाअभियोगको प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाउन माग गरेका हुन् । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलका ९८ […]

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाउन माग गरेको छ । प्रतिनिधिसभा कार्यव्यवस्थाको मंगलबार बसेको बैठकमा एमालेका प्रतिनिधिले महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाउन माग गरेका हुन् । समितिको बैठकमा एमाले सांसदहरु खगराज अधिकारी, शान्ता चौधरी, शेरबहादुर तामाङ र कृष्णभक्त पोखरेलले महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाउन माग गरेका […]

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव गिजोलेर नराख्न माग गरेको छ ।  मंगलबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव प्रकृयासंगत ढंगले अघि बढाउन माग गरेका हुन् । समितिको बैठकमा एमाले सांसदहरु खगराज अधिकारी, शान्ता चौधरी, शेरबहादुर तामाङ र कृष्णभक्त पोखरेलले महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाउन माग गरेका हुन् ।&

जबराविरुद्धको महाभियोग प्रस्ताव संसद बैठकमा पेस

निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव संसद बैठकमा पेस भएको छ। आइतबारको बैठकमा प्रस्तावकमध्येका एक देव गुरुङले प्रस्ताव बैठकमा पेस गरेका हुन्।  ...

जबराविरुद्धको महाभियोग प्रस्ताव पारित गर्न सांसदहरुलाई बारको आग्रह

नेपाल बार एशोशिएशनले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गर्न राजनीतिक दल तथा सांसदहरुलाई आग्रह गरेको छ । आइतबार बारले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह...

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । काँग्रेसको एक नेताले महाभियोग प्रस्ताव दर्ता भएको रातोपाटीलाई बताए । काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदको हस्ताक्षर सहित प्रधानन्यायाधीशविरुद्ध आइतबार बिहान संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो । प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेको आरोप महाभियोग प्रस्तावमा जिकिर गरिएको छ । प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै नेपा

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता, ९८ सांसदको हस्ताक्षर

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाका ९८ सांसदले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन् । उक्त प्रस्ताव आज (आइतबार) विहान दर्ता भएको हो । प्रस्ताव दर्ता गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू आँफै […]