मुक्तकमैयाको समस्या पहिचान गर्न समाधानका उपाय खोज्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्। कमैया मुक्त घोषणाको २२ वर्ष पुगेका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस कुप्रथाको निर्मूल गर्न जरुरी भएको भन्दै आवश्यक काम कारबाहीका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएका हुन्।…