नवरात्रि मेला र तन्नेरी पुस्ता

नेपालमा काठमाडौँमा गुह्येश्वरी, संखुवासभामा सिद्धकाली र धरानमा दन्तकाली गरी तीन शक्तिपीठ छन् । धरानको दन्तकाली शक्तिपीठ भएको स्थानमा सतीदेवीको दन्त (बंगरा) खसेको भनेर पुराणहरुमा वर्णन गरिएको छ । नवरात्रमा प्रत्येक दिन शक्तिरुपि दुर्गाको अलग–अलग रुप एवं अवतारको विशेष पूजा गरिन्छ । अन्यत्रझैँ धरानको दन्तकाली मन्दिरमा पनि भक्तजनहरु आराधना गर्न आउनु सामान्य हो तर यहाँ लाग्ने नवरात्रि मेला सायदै अन्य शक्तिपीठमा लाग्छन् ।