कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २२ गते बस्ने, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा गरिने

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २२ गते दिउँसो एक बजे बस्ने भएको छ। बैठक पार्टीको ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ। बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समिक्षा र समसामयिक राजनीतिमाथि छलफल गरिने पौडेलले जनाए।