गृहमन्त्रालयका प्रतिनिधिसँग मिटरब्याज पीडितको गुनासो- सरकारले हाम्रो पीडा सुनेन

काठमाडौँ- मिटरब्याज पीडित र गृहमन्त्रालयका प्रतिनिधिबीच शुक्रबार छलफल भएको छ। शान्तिवाटिकामा भएको भेटमा मिटरब्याज पीडितले सरकारले आफ्ना पीडा नसुनेको गुनासो गरेका थिए। पीडितले गृहमन्त्रालयका प्रतिनिधिलाई शान्तिबाटिकामा छलफलका लागि बोलाएका हुन्। मन्त्रालयका प्रतिनिधिले पीडितहरूसँग विवरण मागेका छन्। मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले राज्यबाटै आफूहरूको आन्दोलन भड्काउने, उत्तेजित पार्ने काम गरेको आरोप लगाएको छ। गत सोमबार […]

सम्बन्धित सामग्री

बाँदरमुढे घटनाको १७ वर्ष पूरा, पीडित भन्छन्– आश्वासन मात्रै पाइयो

बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ । माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ  । पीडितले अझैसम्म राज्य भएको महसुस गर्न पाएका छैनन् । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न आश्वासन दिएपनि हालसम्म पूरा नगरेको पीडितको गुनासो छ । माडी प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ ।तत्कालिन विद्रोही