प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन भोलि चितवनको नारायणी किनारमा शुरु हुँदैछ। पार्टीमा लामो समय नेतृत्व गरेका दुई जना नेता भने यस पटकको महाधिवेशनमा देखिने छैनन्। एमालेका अध्यक्षसमेत रहीसकेका तर यसपटक महाधिवेशनमा नदेखिने ती दुई नेता हुन्- झलनाथ खनाल र माधवकुमार नेपाल।दुवै जना नेता अहिले एमाले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) मा छन्। एमाले महाधिवेशनको पूर्वसंन्ध्यामा एकीकृत समाजवादीका सम्मानित नेता खनालसँग थाहाकर्मी द