चीन र रुसले उत्तर कोरियालाई आणविक परीक्षण नगर्न मनाउन सक्ने अमेरिकाको विश्वास

चीन र रुसले प्रयास गरे भने तिनले उत्तर कोरियालाई आणविक बम परीक्षण पुन नगर्न मनाउन सक्ने अमेरिकाको विश्वास रहेको, एक जना वरिष्ठ अमेरिकी अधिकारीले रोर्यटस्लाई बताएका छन् । नाम नछाप्ने सर्तमा रोयटर्स न्युज एजेन्सीसँग कुरा गरेका ती अधिकारीले अमेरिकाले मे महिनादेखि नै उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक परमाणु परीक्षण सुचारु गर्न लागेको भन्दै आएको तर परीक्षण कहिले हुनेछ एकिन नभएको बताए । दक्षिण कोरियाले पनि महिनौंदेखि उत्तर कोरियाले सातौं आणविक परीक्षण गर्न लागेको चेतावनी दिएको छ । संयुक्