विद्यालयमा बेहोश हुन थाले छात्रा

बझाङ : बित्थडचीर गाउँपालिका – १ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोश हुन थालेका छन्।आइतबार सात छात्रा बेहोस भएका थिए। सोमबार सात र मंगलबार दुई छात्रा बेहोस भएका हुन् ।उनीहरूको दुई घण्टा पछि होश आएको प्रधानाध्यापक बिष्णु सिंह बोहराले बताए। उनले भने,‘विद्यार्थीहरु एकपछि अर्को हुँदै बेहोश भए। पहिलो दिन एकजना बेहोस भएपछि लगातार अरु पनि बेहोश हुन थाले।’बेहोस भएका सबैलाई घर पठाएपनि दोस्रो दिन स्वास्थ्यचौकीमा पुर्‍याएर डाक्टरबाट जाँच ग