सोलुखुम्बु : जिल्लाको पर्यटकीय क्षेत्र खुम्बुमा मानिसको चहलपहल सुरु भएको छ। जाडो बढेसँगै पर्यटकीय सिजन सकिएपछि सुनसान बनेको खुम्बु क्षेत्रमा चहलपहल सुरु भएको हो।
क्रमश जाडो कम हुँदै जानु, जाडो बिदा सकिएपछि विद्यालय खुल्नु र जाडो छल्न अन्यत्र गएका खुम्बुवासी समेत फर्कन थालेपछि अहिले चहलपहल बढेको स्थानीय नाम्गेल शेर्पाले बताए...