खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य पूरा गर्न सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाउन निर्देशन दिनुभएको छ । हाल तीन प्रतिशतमात्र फोहर पानी प्रशोधन भएको तथ्याङ्क सरकारसँग छ । आठ वर्षमा ४८ प्रतिशत फोहर पानी प्रशोधन गराउनु सरकारका लागि चुनौती छ ।