दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखले हिरासतमा थुनिएकाहरुका लागि पुस्तकालयकाे व्यवस्थापन गरेकाे छ। मुद्दाको अनुसन्धान प्रक्रियाका क्रममा हिरासतमा रहेकाहरुलाई समय कटाउन सजिलाे हाेस् भनेर पुस्तकालयकाे स्थापना गरिएकाे कार्यालयले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले थुनुवाहरुलाई पुस्तक वितरण गरेर सोमवार आज पुस्तकालयको शुभारम्भ गर्नुभएकाे हाे
पुस्तकालयमा विभिन्न विधाका उपन्यास, कथा, कविता, निबन्ध, धार्मिक ग्...