रुकुम पश्चिममा पहिरो खस्दा दुईको मृत्यु

रुकुम पश्चिम : रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो। पहिरोमा परी एक जना घाइते भएका छन्। आइतबार दिउँसो पौने ३ बजेतिर घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्राईले जानकारी दिए। उनीहरूको घटनास्थलमै मृत्य

सम्बन्धित सामग्री

घाँस काट्न जाँदा पहिरोले पुरिएर दुईको मृत्यु

जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो।...

संखुवासभामा पहिरोमा पुरिएर दुईको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । जिल्लाको नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा सडकमा पर्खाल लगाउँदै गरेका कामदार रामकुमार राई र हेमराज मगरको पहिरोमा पुरिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख लालध्वज सुवेदीले उनीहरुलाई मृत अवस्थामा निकालिएको बताउनुभयो । उनीहरुलाई स्काभेटरको […]

रोल्पामा पहिरो : दुईको मृत्यु, दुई जना घाइते

दुई दिनदेखिको वर्षाका कारण पहिरो खस्दा घरमै च्यापिएर रोल्पामा ६७ वर्षीया वृद्धासहित दुई जनाको मृत्यु भएको छ । प्रहरीले घरमाथिबाट पहिरो खस्दा रोल्पा नगरपालिका–१० धबाङस्थित बाम्ला गाउँका वृद्धा गौसरी र उनका नातिको मृत्यु भएको जनाएको छ ।

रोल्पामा घरमाथि पहिरो खस्दा दुईको मृत्यु

घरमाथि पहिरो खस्दा रोल्पा नगरपालिका–१० धबाङको बाम्दा गाउँमा सोमबार दुई जनाको मृत्यु भएको छ । पहिरोले स्थानीय पूर्णबहादुर थापाको घर भत्कँदा सोमबार बिहान उनकी आमा ७० वर्षीया गौरी थापा र ५ वर्षीय भान्जाको मृत्यु भएको हो ।

पहिरोले गुडिरहेको कार र ट्रक पुर्दा दुईको मृत्यु

पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन।

पहिरोले गुडिरहेको कार र ट्रक पुर्दा दुईको मृत्यु

रामपुर, पाल्पा, असोज ७ गते । पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ...