तस्बिरहरु हेर्नुहोस् एमाले बन्दसत्रको चहलपहल

 नेकपा एमालेको दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए पनि ११ बज्दासम्म बन्द सत्र सुरु हुन सकेको छैन । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ । बन्दसत्र स्थलमा यतिबेला महाधिवेशन प्रतिनिधिहरुको भीड लागेको छ ।

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिबाट दसैँको टिका ग्रहण गर्नेहरूको चहलपहल

राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई दसैँको टिका लगाइदिएका छन्।...

तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिबाट दसैँको टिका ग्रहण गर्नेहरूको चहलपहल

राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई दसैँको टिका लगाइदिएका छन्।...

तस्बिरमा हेर्नुहोस् तिहारको चहलपहल

हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहार नजिकिँदै जाँदा त्यसको चाप बजारमा देखिन थालेको छ । तिहारका लागि किनमेल गर्न राजधानीको असन, इन्द्रचोकलगायतका क्षेत्रमा चहलपहल बढेको हो । तिहारमा विशेषगरी फूलमाला, भाइमसला (काजु, किसमिस, बदाम, नरिवल, जिन्जर लगायतका वस्तु) र झिलिमिली बत्तीको व्यापार ह्वात्तै बढ्छ । यसबाहेक, लत्ताकपडा र जुत्ताचप्पलको व्यापार समेत यो चाडमा बढ्ने गर्छ । यस वर्षको तिहार आइतबारदेखि सुरु हुँदैछ । आइतबार  काग तिहार परेको छ भने भाइटीका कात्तिक १० गते परेको छ । असन -इ

दसैँ चहलपहल : तस्बिरमा हेर्नुहोस् किनमेल गर्नेको भिड

दसैँको आगमनसँगै काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्युरोड क्षेत्र पहिलेभन्दा व्यस्त बनेको छ । न्युरोड, असनलगायत क्षेत्रलाई दसैँको रमझमले छपक्कै छोपेको छ । दसैँमा घर जानअघि किनमेल गर्नेहरूको भिड बाक्लो रहेको छ । लुगा पसल देखि मोबाइल पसलसम्म भिड उस्तै बाक्लो छ ।

कोरोना बढेसँगै यस्तो देखियो सरकारी कार्यालयको चहलपहल, तस्बिरमा हेर्नुहोस्

पछिल्लो दिनमा नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएको छ । जसका कारण कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । कर्मचारीहरुमा संक्रमण पुष्टि भएसँगै सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायतले कतिपय सेवामा कटौती गरेका छन् । यद्यपि सेवाग्राहीको चहलपहल भने अझै पनि देखिन्छ । यस्तै नेपाल बारका वकिलहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनलाई पनि जारी राखेका छन् । बढ्दो संक्रमणका बीच काठमाडौंका केही सरकारी कार्यालयको चहलपहल तस्बिरमा हेर्नुहोस्ः

सुन्दर सौराहा (फोटो फिचर)

चितवन : चितवन जिल्लाको पर्यटकीय स्थलमध्येको महत्वपूर्ण ठाउँ हो सौराहा। जहाँ धेरै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन्छ। सोही ठाउँमा एमालेको १० औँ महाधिवेशन सम्पन्न भएकाे छ। नारायणी नदीमा बोटिङ गर्नु एकसिङे गैडा यहाँको प्रमुख आकर्षण हो। सौराहा नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि हो। चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ।हेर्नुहोस् फोटो

मान्छे विनाको संसार कस्तो होला ? हेर्नुहोस् तस्वीरहरू

प्रकृति र मानव जीवन परस्पर सम्बन्धित छ । पृथ्वीमा प्रकृति विना मान्छेको अस्तित्व सम्भव छैन । तर मान्छे विनाको प्रकृति र संसार कस्तो होला ? यदि संसारबाट मान्छे गायब भए के होला ? फोटोग्राफर रोमेन भिल्लोनले यस्तै कल्पना गर्दै केही फोटो संकलन गरेका छन् । जसमा मान्छे नरहने ठाउँका तस्वीर राखिएका छन् । मान्छेको चहलपहल नभएका घर, कम्पनी, अस्पताल, स्कूल, चर्च कस्ता देखिन्छन् भनेर ती फोटोग्राफरले फोटो संकलन गरेका छन् । हेर्नुहोस् केही तस्वीरहरू –

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तिजको चहलपहल

हिन्दु नारीहरुको महान् पर्व तिजको अवसरमा देशभरका देवालयमा पूजाआजा गरिएको छ। पशुपतिनाथ मन्दीरमा विहानैदेखि हरितालिका तीजको अवसरमा पूजा गर्नेहरुको भीड छ।  आजको दिन अर्थात भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको...

खुल्यो चन्द्रागिरि, तस्बिरमा हेर्नुहोस् जीपलाइनलगायतका रमाइलो

चन्द्रागिरि केबलकार लामो समयपछि सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण बन्द रहेको केबलकार स्वास्थ्य मापदण्ड पालना गर्दै आजदेखि सञ्चालनमा आएसँगै चहलपहल बढेको छ । चन्द्रागिरिमा केबलकारको अतिरिक्त रकक्लाईमिङ, जीपलाइनका साथै सुविधासम्पन्न रिसोर्ट समेत रहेका छन् । चन्द्रागिरि पछिल्लो समय राजधानीको एक आकर्षक पर्यटकीय गन्तब्य बन्न सफल भएको छ । तस्बिरहरु : रासस

सर्वोच्चको फैसलापछि देउवा निवासमा चहलपहल, फूलमाला लिएर बधाई दिनेको लर्को

सर्वोच्च अदालतको फैसलापछि कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा चहलपहल शुरू भएको छ । बूढानीलकण्ठस्थित देउवा निवासमा नेता, कार्यकर्ता र शुभचिन्तकहरूको भीड लागेको हो । देउवाका शुभचिन्तकहरू फूलमाला लिएर बूढानीलकण्ठ पुगेका छन् । यसअघि सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेशबमोजिम मंगलवार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसक्नुपर्ने हुन्छ । हेर्नुहोस्, देउवा निवासका तस्वीरहरू :