माधव नेपालको दल र अध्यादेशविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेजी र सोही अध्यादेशका आधारमा भएको नेकपा (एकीकृत समाजवादी)को दर्ता बदर गर्नुपर्ने लगायतका मागसहित परेका रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले दल विभाजनसम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । ती रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोग लगायत विपक्षी छन् । रिटमा नेकपा...

सम्बन्धित सामग्री

सर्वोच्चद्वारा तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएकाे छ । सर्वोच्चले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा‍‍‍. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हाे । मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम […]

बुढीगंगामा पुन: मतदान रोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न माग गरेर परेको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । मङ्गलवार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिकै मतदानलाई आधिकारिकता दिन माग गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । वैशाख ३० मा भएको निर्वाचनमा धाँधली भएको देखिएपछि […]

सर्वोच्चद्वारा गभर्नरको निलम्बन फुकुवा गर्न अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारी कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।...

कुलमानविरुद्ध परेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा  कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  मंगलवार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो ।  प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङलाई काम गर्न नदिन अन्तरिम आदेश माग गर्दै भदौ १ गते सर्वोच्चमा रिट दायर गरेका थिए । अदालतले सरकारसँग कारण देखाऊ आदेश भने माग गरेको छ ।  साउन २५ गते...

लन्डनमा अनसनरत भुपू गोर्खाको विषयमा सर्वोच्चद्वारा अन्तरिम आदेश

विगत १३ दिनदेखि बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेका भूतपूर्व गोर्खाहरुको सम्बन्धमा आज सर्वोच्च अदालतले नेपाल सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतबाट नेपाल सरकारका नाममा तत्काल बेलायत सरकारसँग वार्ता गर्न र आमरण अनसनमा रहेका तीन जना भुपू गोर्खाहरुको जीवन रक्षाका लागि आवश्यक पहल गर्न अन्तरिम आदेश जारी गरेको हो ।सर्वोच्चद्वारा जारी गरिएको यस निर्णय आन्दोलनकारीहरुका लागि एउटा ठूलो नैतिक जित भएको बताइएको छ । भूतपूर्व गोर्खाहरु समान पेन्सनलगायतका विभिन्न माग राख्दै

जनमोर्चा सांसद कृष्ण थापा पदमुक्त, सर्वोच्चद्वारा अन्तरिम आदेश खारेज

काठमाडौं : राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन्। सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेश खारेज गरेपछि थापालाई पार्टीले पदमुक्त गर्ने भनी गरेको निर्णय सदर भएको हो। यसअघि कारबाही विरुद्ध थापाले दायर गरेको रिटमा अदालतले जेठ २३ गते अन्तरिम आदेश जारी गर्दै उनको पद थमौती गरेको थियो। त्यसविरुद्ध प्रदेससभा सचिवालय र राष्ट्रिय जनमोर्चाले दिएको पुनरावलोकन निवेदनमा सोमबार सुनुवाई गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले अन्तरिम आदेश खार