नेपालमा ८० प्रतिशत दुर्व्यसनकाे मुख्य कारण गाँजा

काठमाण्डाै - आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ । यसवर्ष ‘स्वास्थ्य र मानवीय सङ्कटका समयमा लागुपदार्थको चुनौतीतर्फ सम्बोधन’ भन्ने नाराका साथ मनाउन लागिएको छ । नेपालमा गाँजा र भाङ, अफिमलगायतको मिश्रण पदार्थलाई लागुऔषध मानिन्छ । गृह मन्त्रालयका अनुसार नेपालमा ८० प्रतिशत दुर्व्यसनको मुख्य कारण गाँजा रहेको छ । सुरुमा चुरोट गाँजाबाट कुलतमा बस्ने र पछि कडा प्रकारका लागुऔषध प्र...