सम्पर्कविहीन जहाज खोज्न गएको फिस्टेल एअरको हेलिकप्टर खराब मौसमका कारण फर्कियो

काठमाण्डाै - सम्पर्कविहीन जहाज खोज्न गएको फिस्टेल एअरको हेलिकप्टर खराब मौसमका कारण फर्किएको छ । हेलिकप्टर जोमसोम नै फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  काठमाण्डौ, पोखरा र जोमसोम विमानस्थलमा खोजी तथा उद्धारका लागि हेलिकप्टरहरु तयारी अवस्थामा राखिएकाे प्राधिकरणले जनाएको छ ।  पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर जहाज सम्पर्कविहीन भएकाे हाे ।  जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य रहेका छन् । तीमध्ये १६ नेपाली र...