उद्योगमा फेरी लोडसेडिङ

काठमाडौं । हिउँदका महिना सुरु भएसँगै मुलुकका विभिन्न औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही वर्षदेखि मुलुक लोडसेडिङमुक्त बनेको थियो । नेपाल विद्युत प्राधिकरणले बिहान र साँझ गरेर दैनिक ९ घण्टासम्म उद्योगमा बत्ती कटौती गर्न सुरु गरेको हो । भारतबाट आयातीत विद्युतमध्ये करिब एक सय मेगावाट अवरुद्ध भएसँगै औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु […]

सम्बन्धित सामग्री

उर्जा उद्यमी भन्छन् '२ महिनापछि लोडसेडिङ सुरु हुन सक्छ' (भिडियोसहित)

उर्जा उद्यमीहरुले नेपालमा फेरी लोडसेडिङ सुरु हुन सक्ने बताएका छन् । हाल भारतबाट बिजुली ल्याएर नेपालको माग पुरा गरीइरहेको अवस्थामा भारत आफै उर्जा संकटसँग जुधिरहेकोले लोडसेडिङ हुन सक्ने आँकलन गरिएको छ । स्वतन्त्र उर्जा उत्पादक संघ इप्पानका उपाध्यक्ष गणेश कार्की २ महिना भित्र नै लोडसेडिङ देखिन सक्ने बताउछन् ।  उनी भन्छन् 'विगतका वर्षमा र अहिले पनि नेपालको माग पुरा गर्न भारतबाट बिजुली आयात गरिएको छ, तर भारत आफै उर्जा संकटसँग जुधेर २८ रुपैयाँ तिरेर बिजुली खरिद गरिरहेको छ, आफै संकटमा परेको बेलामा अब उसले नेपाललाई ५-१० रुपैयाँमा बिजुली दिदैंन' ।अहिले पनि नेपाललाई थप ७ सय देखि ८ सय युनिट बिजुली आवश्यक पर्ने उनको भनाई छ । अहिले पनि उद्योगहरुले माग अनुसारको बिजुली पाउँन नसकेको उनी बताउछन् । हेर्नुस भिडीयो :

कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। घिसिङले आज नियुक्तिपत्र बुझ्ने उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भूषालको सचिवालयले जनाएको छ। २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएकोमा सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको हो। नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घ

हिउँददेखि फेरी काठमाडौं अँध्यारो, लोडसेडिङ तालिका आउँदै

काठमाडौँ । धनुषास्थित ढल्केवरमा निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणको सव स्टेसन निर्धारित समयमा सम्पन्न नहुने भएपछि आउँदो हिउँदमा लोडसेडिङको तालिका आउने सङ्केत देखा...