'नेपाल मिडिया अवार्ड २०७८' आयोजना हुँदै

काठमाडौं : ड्रिम हाई नेपाल प्रालिको आयोजनामा ‘नेपाल मिडिया अवार्ड २०७८’ हुने भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त अवार्ड कार्यक्रमको घोषणा गरिएको हो।अग्रजलाई सम्मान तथा अनुजलाई प्रोत्साहन भन्ने नाराका साथ आयोजना हुन लागेको अवार्ड कार्यक्रममा नेपाल पत्रकार महासंघको सहकार्य रहनेछ।रेडियो, टेलिभिजन, छापा तथा अनलाइन गरेर २५ भन्दा बढी विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। जसको लागि एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार मानिने पनि आयोजकले जनाएका छन्।राजध