मोबाइल नेटवर्क र इन्टरनेट नहुँदा जनगणनाको काम प्रभावित

बैतडी : मोबाइल फोनको नेटवर्क र इन्टरनेट नहुँदा बैतडीमा जनगणनामा समस्या भएको छ। जिल्लाका सबै स्थानीय तहमा सुपरीवेक्षक परिचालन गरिए पनि फोनको नेटवर्क र इन्टरनेट सुविधा नहुँदा समस्या भइरहेको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए।गाउँगाउँमा परिचालित सुपरीवेक्षकले गणना गरेको घरसंख्या, जनगणना घर, जनगणना परिवार संख्या आदि दैनिक केन्द्रीय तथ्यांक विभागको डाटामा इन्ट्री गर्नुपर्ने भए पनि इन्टरनेट नहुँदा समस्या भएको पन्तले बताए।‘सुपरीवेक्षकले मोबाइल एपको सहयताले फिल्डबाटै दैनिक