निर्वाचन आयोगले तिलक पुनलाई वडाध्यक्षबाट हटायो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाको तर्फबाट बागलुङ ढोरपाटन नगरपालिका–४ का निर्वाचित वडाध्यक्ष तिलक पुनलाई निर्वाचन आयोगले हटाएको छ । त्यसैगरी निर्वाचन आयोगले सोही वडाका वडासदस्य तिलबहादुर फगामीलाई पनि पदबाट हटाएको छ । यससँगै ती दुवै पद हाल रिक्त अवस्थामा रहन गएका छन् । राष्ट्रिय जनमोर्चाको मागबमोजिम निर्वाचन आयोगले यस खालको निर्णय गरेको राजमो केन्द्रीय कार्यालयद्वारा जारी प्रेसवक्तव्यमा जानकारी गराइएको छ । राजमो अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७७ माघ ५ गते प्रसारित प्रेसवक्तव्यमा यसबारे जानकारी गराइएको हो । प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–“राष्ट्रिय जनमोर्चाको तर्फबाट बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं. ४ को अध्यक्ष पदमा निर्वाचित तिलक पुन र सोही वडा नं. ४ का वडासदस्य पदमा निर्वाचित तिलबहादुर फगामीको निर्वाचित पद रिक्त भएको छ । निर्वाचन आयोगले राष्ट्रिय जनमोर्चाको मागबमोजिम निजहरू दुवै जनाको पद रिक्त भएको निर्णय गरी सूचना प्रकाशन गरेको छ । ढोरपाटन नगरपालिकासहित सम्बन्धित निकायहरूले त्यसको कार्यान्वयनको लागि र आम रूपमा जानकारीका लागि यो प्रेसवक्तव्य जारी गरिएको छ । तिलक पुन र तिलबहादुर फगामीले पार्टीको निर्देशन नमान्ने, मनोमानी तरिकाले काम गर्ने, पार्टीलाई तिर्नुपर्ने लेभी नतिर्ने, जनतासँग नोकरशाही प्रकारको व्यवहार गर्ने, पार्टीकै साथीहरूसँग झगडा गर्ने र कुटपिट गर्ने क्रियाकलापहरू गर्दै आएका थिए । गत वर्षको कार्तिक महिनामा दलबलसहित राष्ट्रिय जनमोर्चाकै साथीहरूलाई आक्रमण गरी कुटपिट गरे । उक्त घटनामा स्वयम् तिलक पुन पनि घाइते भएका थिए । उक्त घटनाको छानबिन गर्दा उनीहरू दोषी देखिएकाले पार्टीले उनीहरुलाई अनुशासनको कारबाही गरेको थियो । सुझाव, सल्लाह, प्रशिक्षण, आलोचना र अनुशासनको कारबाही गर्दा पनि उनीहरूमा सुधार आएन । गत असार १३ गते कोभिड–१९ को प्रकोप र लकडाउनका कारणले समस्यामा परेका ढोरपाटन नगरपालिका–४ खुँगाका जनतालाई वितरण गर्न लैजाँदै गरेका खाद्य राहत सामग्री खोसेर खोलामा फ्याँकिएको थियो भने बिरामीलाई उपचार गर्नका लागि वितरण गर्न लगेको रकम पनि खोसिएको थियो । उक्त घटनाको छानबिन गर्दा तिलक पुनको निर्देशन र तिलबहादुर फगामीको प्रत्यक्ष अगुवाइमा उक्त घटना घटेको पाइयो । पार्टीले त्यो घटनालाई गम्भीर अपराधपूर्ण र ...

सम्बन्धित सामग्री

निर्वाचन आयोगले हटायो ७१ जना निर्वाचन अधिकृत

निर्वाचन आयोग नेपालले निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि यसअघि तोकिएका ७१ जना निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ ।