महिला साफः नेपाल र भारतबीच सेमिफाइनल सुरु, सावित्रा बेञ्चमा

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसीप अन्तर्गतको दोस्रो सेमिफाइनल खेल सुरु भएको छ । दशरथ रंगशाला त्रिपुरेश्वरमा फाइनल यात्राका लागि नेपाल र भारतबीचको खेल सुरु भएको हो । मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुआती–११ खेलाडी मैदान पठाएका छन् । जसमा फरवार्ड सावित्रा भण्डारी &lsq...