भारत–पाकिस्तानबीच अब ‘बासमती’ युद्ध!

एजेन्सी। भारतले बासमती चामलको टे«डमार्क प्राप्त गर्न युरोपियन युनियनमा आवेदन दिएपछि पाकिस्तानले विरोध गरेको छ। यो चामल भारत र पाकिस्तानमा बढी उत्पादन हुन्छ र तिनैले यसको ठूलो परिमाणमा निर्यात पनि गर्छन्। बासमतीमा भारतको एकाधिकार हुन नहुने पाकिस्तानको भनाई छ। पाकिस्तानले बासमतीको टे«डमार्क भारतलाई नदिन युनियनसँग माग गरेको छ। भारतले बर्सेनी६.८ अर्ब डलर र पाकिस्तानले २.२ अर्ब डलर चामल निर्यातबाट कमाउँछन्।