प्रयोगविहीन १५९ थान अक्सिजन सिलिण्डरर संकलन

ललितपुर। ललितपुरका विभिन्न स्थानमा रहेका प्रयोगविहीन १५९ थान अक्सिजन सिलिण्डर महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाइमा संकलन गरिएको छ। संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डीसीसीएमसीको बैठकबाट निर्णय गराइ तत्काल अत्यावश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज इमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलाखेललाई १५ थान बिरामीहरुको प्रयोजनका लागि बुझाइएको छ।

सम्बन्धित सामग्री

दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालको भेन्टिलेटर प्रयोगविहीन

जेठ ४, सिरहा । दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालले खरीद गरेको भेन्टिलेटर सञ्चालनमा नआउँदा कोभिड–१९ संक्रमित बिरामीलाई उपचारका लागि अन्यत्र पठाउनु परेको बाध्यता रहेको छ ।  जिल्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए पनि दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर अझै सञ्चालनमा आउन नसकेको अस्पतालले जानकारी दिएको छ । भेन्टिलेटर सञ्चालनका लागि चाहिने जनशक्ति माग सम्बन्धित निकायसँग पटकपटक गरे पनि नपठाएकाले अहिले चारओटै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा नागेन्द्र यादवले जानकारी दिए । सिरहा अस्पतालमा एचडियु १५ शय्या र आइसियु पाँच शय्या र चार भेन्टिलेटर उपलब्ध रहे पनि भेन्टिलेटर सञ्चालनमा छैन । सो अस्पतालले आफैँ अक्सिजन प्लान्ट जडान गरेको छ । आफ्नै पिसिआर टेष्ट ल्याबबाट प्रत्येक आठ घण्टामा ९६ जनाको रिपोर्ट दिँदै आएको छ ।  यसैबीच, प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले सिरहा अस्पतालको निरीक्षण गरेका छन् ।  अक्सिजन सिलिण्डर संकलन  सिरहा प्रहरीको सक्रियतामा जिल्लाको विभिन्न निजी उद्योगहरुबाट ३३ थान अक्सिजन सिलिण्डर संकलन गरेको छ ।  कोभिड–१९ का कारण देशभर अक्सिजन सिलिण्डहरुको अभाव भइरहेका बेला इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले मिर्चैया नगरपालिका–१ स्थित सूर्या सिमेन्ट उद्योगबाट ३० र कर्जन्हा नगरपालिका–४ बन्दीपुरस्थित प्रशान्त बालुवा प्रशोधन क्रसर उद्योगबाट तीन गरी ३३ थान सिलिण्डर संकलन गरेको हो ।  संकलित सिलिण्डर जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन समिति (डिसिसिएमसी) सिरहाको निर्णयबमोजिम स्वास्थ्य कार्यालयको पत्रानुसार अक्सिजन पुर्नभरण गरी आवश्यकताअनुसार परिचालन गर्न रेडक्रस सोसाइटी सिरहाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । रासस

प्रयोगविहीन १५९ थान अक्सिजन सिलिण्डरर संकलन

ललितपुर। ललितपुरका विभिन्न स्थानमा रहेका प्रयोगविहीन १५९ थान अक्सिजन सिलिण्डर महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाइमा संकलन गरिएको छ। संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डीसीसीएमसीको बैठकबाट निर्णय गराइ तत्काल अत्यावश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज इमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलाखेललाई १५ थान बिरामीहरुको प्रयोजनका लागि बुझाइएको छ।

महामारीमा पनि अक्सिजन उत्पादन भएन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आफ्नै लापबाहीले कोरोना महामारीमा समेत अक्सिजन उत्पादन गर्न सकेको छैन । करिब २ करोड २० लाख खर्चेर २०७६ सालमा ल्याएको अक्सिजन प्लान्ट मेसिन अहिलेसम्म प्रयोगविहीन अवस्थामा छ । जुम्लामै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्ने भन्दै दुई वर्ष पहिले ल्याइएको अक्सिजन प्लान्टबाट कोरोना महमारीमा समेत अहिले सम्म एकवटा पनि अक्सिजन सिलिण्डर उत्पादन हुन […]