काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका यही माघभित्र सार्वजनिक गर्ने जनाएको छ।बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले कोरोना संक्रमण मध्यनजर गरी तालिका सार्वजनिक गर्ने जानकारी दिए।आगामी वैशाखमा भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ।‘अहिले नै परीक्षा तालिका सार्वजनिक गर्ने तयारी छैन, कोरोना संक्रमणको जोखिम पनि कायमै छ, यो महिनाभित्र भने तालिका सार्वजनिक गर्छौँ,’ उनले भने।बोर्डका अनुसार यस वर्ष करिब ५ लाख प