कार्यदलले शीर्ष नेताहरूलाई बुझायो प्रतिवेदन

काठमाडौं, २३ पुस। सरकार सञ्चालनका निम्ति सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले सरकारमा सहभागी दलका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको छ। अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले आज (शनिबार) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको हो। कार्यदलले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी […]