अनुसन्धान विभागको एआइजीकी श्रीमती हुँ भन्दै करोडौं ठग्ने पक्राउ

आफूलाई राष्ट्रिय अनुसन्धान विभागको एआइजीकी श्रीमती भन्दै ठगी गरेको आरोपमा तनहुँकी एक महिला पक्राउ परेकी छन्। तनहुँको ब्यास-११ बस्ने ४० वर्षीय यमुना खड्कालाई सवा करोड ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। राष्ट्रिय अनुसन्धान विभागमा सिपाही तथा असई बनाइदिने भन्दै विभिन्न व्यक्तिबाट करोडौं रूपैयाँ ठगेको आरोपमा उनी पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। यस्तै…