काठमाडौं– कैलाली र धादिङबाट तीनजनालाई लागूऔषधसहित पक्राउ गरिएको छ । कैलालीको गोदावरी नगरपालिका-१ बरपिपल गल्लीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ५० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय विकास कट्टेल र सोही नगरपालिका-३ बस्ने २९ वर्षीय प्रहलाद खत्री रहेका छन् । […]