अमेरिकामा ३० प्रतिशतको हाराहारीमा काेराेना संक्रमित कम
कोरोनाबाट संक्रमण हुनेको संख्यामा पछिल्लो दुई हप्तामा अत्यधिक कमी आएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ। विगत दुई हप्तामा संक्रमितकाे संख्या ३० प्रतिशतको हाराहारीमा कम भएको देखिएको छ।
काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी दुई हजार आठ सय १८ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप ५२ जना काेराेना संक्रमित निकाे भएका छन् । याेसँगै सक्रिय संक्रमितको संख्या ११ सय २२ जनामा झरेको छ ।
२४ घण्टामा काेराेना संक्रमणका कारण एक जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
भारतका दिग्गज कलाकार अभिताभ बच्चन पुन: कोरोना संक्रमित भएका छन्। सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन्। उनले आफूसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन्। काेराेना संक्रमण पुष्टि भएसँगै उनी आइसाेलेसनमा बसेका छन्। बच्चन हाल ‘कौन बनेगा करोडपति’काे सञ्चालन गरिरहेका छन्।
काठमाडौँ – काठमाडौँ महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्य काेराेना संक्रमित भएका छन्। आज (मंगलबार) बिहान परीक्षण गर्दा शाक्यमा काेराेना संक्रमण पुष्टि भएकाे हाे। शाक्यमा रुघाखाेकी र ज्वराे आएपछि उनले काेराेना परीक्षण गराएकाे उनकाे निजी सचिवालयले जनाएकाे छ। शाक्य अहिले हाेम आइसाेलेसनमा बसेका छन्।
काठमाडाैँ- कानुन न्याय तथा संसदीय मामिलामन्त्री गाेविन्द बन्दी काेराेना संक्रमित भएका छन्। बन्दीकी पत्नी रक्षा बस्यालले सामाजिक सञ्जालमार्फत् बन्दी काेराेना संक्रमित भएकाे जानकारी दिएकी हुन्। रक्षासँगै परिवारका अन्य सदस्य पनि काेराेना संक्रमित भएकाे उनले उल्लेख गरेकी छन्। उनले फेसबुकमा लेखेकी छिन्, ‘केही दिन अगाडिदेखि कानुन न्याय तथा संसदीय मामिलामन्त्री गाेविन्द बन्दीज्यू, म र परिवारका सदस्यहरूलाई […]
काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ् तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंका ६१३, ललितपुरका १७७ र भक्तपुरका ११४ जना रहेका छन् ।
The post उपत्यकामा थपिए ९०४ काेराेना संक्रमित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
सप्तरी / सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं. ३ तरहीमा एकै परिवारका ११ मा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा तरहीकी ९५ वर्षीया महिला उपचारका लागि केही...
The post एकै परिवारका ११ सदस्य काेराेना संक्रमित appeared first on Purbeli News.