मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढे

२१ कात्तिक, काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको मुक्तिनाथ विकास समितिले जनाएको हो । यतिबेला मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने सिजन लागेसँगै आन्तरिक तथा विदेशी […]

सम्बन्धित सामग्री

पर्यटक भित्र्याउन आफैं कस्सिए पत्रकार

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पहल थालेको छ।

आन्तरिक तथा बाह्य पर्यटक पर्खंदै हेलम्बु

कुनै बेला स्याउका लागि प्रसिद्धि कमाएको सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बु यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । पछिल्ला वर्षमा कोरोना महामारीसँगै आन्तरिक तथा बाह्य पर्यटक क्रमशः घट्दै जाँदा सुन्दर रमणीय हेलम्बु पर्यटकको पर्खाइमा रहेको हो । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै साँखु नाङ्लेभारे ६८ किलोमिटर वा वैकल्पिक बाटो कोटेश्वर–बनेपा–जिरोकिलो–सिपाघाँट हुँदै एक सय नौ किलोमिटर बाटोमा यातायातको […]

उद्योगग्राम स्थापना गरी रोजगारी उपलब्ध गराउँछौँः वरिष्ठ नेता पौडेल

धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई विशेष प्राथामिकता दिँदै आन्तरिक एवं बाह्य पर्यटक भित्र्याएर पर्यटन क्षेत्रमा फड्को मार्ने योजना अघि बढाइएको उनले बताए।...

पोखरामा आन्तरिक र बाह्य पर्यटक बढ्दै (फोटो फिचर)

विगत तीन वर्षदेखि कोरोना भाइरस संक्रमणको महामारीका कारण थला परेको पोखराको पर्यटन व्यवसायमा स्वदेशी तथा विदेशी पर्यटक देखिन थालेका छन् । तस्बिर- ऋषिराम बराल, रासस

बागलुङमा लामो पुलले बढायो आन्तरिक तथा बाह्य पर्यटक

बागलुङ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले बजारमा समेत आन्तरिक पर्यटकको भीड हुने गरेको […]

आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्न पोखराका ग्रामीण क्षेत्रमा हाइकिङ

पुस ५, कास्की । ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) र पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराले एक दिने पदयात्रा (हाइकिङ) कार्यक्रमको आयोजना गरेको छ । पोखरा महानगरपालिकाका १६ र १९ मा पर्ने घार्मी, ढिकीडाँडा, भुप्राङकोटको ग्रामीण क्षेत्रको पदयात्रा मार्गको प्रवर्द्धन गर्न एक दिने हाइकिङ गरेको हो । ‘ओझेलेमा परेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरौं, दिगो पर्यटन, विकास प्रवर्द्धन र संरक्षण गरौं’ भन्ने नाराका साथ हाइकिङ गरेको हो । कोरोना महामारीले थला परेको पर्यटनलाई चलायमान बनाउनका लागि आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले एक दिने पदयात्रा कार्यक्रमको प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको टान पोखराका अध्यक्ष सुशीलराज पौडेलले बताए । पौडेलले यस रुटको प्रवर्द्धन गर्न भ्रमण तालिका बनाई आफ्ना सदस्य कम्पनीमार्फत अन्तरराष्ट्रिय स्तरमा बजारीकरण गरिने बताए । कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद जगत विश्वकर्माले गण्डकी प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले दीर्घकालीन योजनाका साथ घार्मी–कुरेचौर–ढिकीडाँडा–झुप्राङकोट पदमार्ग रुटलाई प्रवर्द्धन गर्न दीर्घकालीन योजना बनाएर अगाडी बढ्नु पर्ने बताए ।  पोखरा–१६ का वडा अध्यक्ष जीवन आचार्यले पोखरा बजारबाट नजिकमा रहेर पनि ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्नुपर्ने बताए । ‘यस्ता कार्यक्रमले पदयात्रा मार्गको प्रवर्द्धन गर्न सहयोग गर्नेछ,’ आचार्यले भने, ‘आगामी दिनमा टानसँग सहकार्य गरी पदयात्रा मार्गको प्रवर्द्धन गरिनेछ ।’ आचार्यले पदमार्गको प्रवर्द्धन सँगसँगै पूर्वाधारमा पनि जोड दिनुपर्ने बताए । कार्यक्रममा टानमा आवद्ध सदस्य कम्पनीका प्रतिनिधिहरु, पोखराका पर्यटकीय संघ संस्थाका प्रतिनिधिहरु, मजदुर संगठनका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।  घार्मीबाट शुरु भएको पदयात्रा ढिकीडाँडा, कुरेचौर हुँदै भुप्राङकोट पुगेर समापन भएको थियो । हाइिकिङको क्रममा स्थानीयले पञ्चबाजाका साथमा स्वागत गरेका थिए । कार्यक्रममा गर्लाङ गाउँको सामुदायिक होमस्टेका सदस्यहरु समेत सहभागी भएका थिए ।

पोखरामा आन्तरिक तथा बाह्य पर्यटक

पोखराको पर्यटकीयस्थल फेवातालमा ढुङ्गामा सयर गर्दै आन्तिरक तथा बाह्य पर्यटक । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

पर्यटकको रोजाइमा घलेगाउँको पर्यटन संग्रहालय

स्मार्ट भिलेज घलेगाउँमा दिनहुँ सयौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । घलेगाउँमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ, त्यहाँको पर्यटन संग्रहालय ।  त्यहाँ पुग्ने पर्यटकहरू पर्यटन संग्रहालय अवलोकन गर्न ‘लालायित’ हुन्छन् । घलेगाउँ आउने...

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न ११ ओटा देशका राजदूत पोखरामा

असोज ११, कास्की । विभिन्न देशका राजदूत सहितका अन्तरराष्ट्रिय नियोगका प्रतिनिधिहरु पोखरा आएका छन् । गण्डकी प्रदेश सरकारको निमन्त्रणमा विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन एक दर्जन देशका राजदूत सहितका अन्तरराष्ट्रिय नियोगका प्रतिनिधि पोखरा आएका हुन् । पोखरा विमानस्थलमा राजदूत सहतिको टोलीलाइ गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी लगायतले स्वागत गरेका थिए । यूएइ, कतार, फिनल्याण्ड, कोरिया, साउदी अरब, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्ट लगायतका मुलुकका राजदूत पोखराको भ्रमणमा आएका हुन् । ४९औं विश्व पर्यटन दिवसको अवसरमा विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि सहित २८ सदस्यीय टोली पोखरा आइपुगेका हुन्  पर्यटन दिवसको अवसर पारेर आएका उनीहरु दुई दिन पोखरामा रहेर पोखराका पर्यटकीय गतिविधिमा सहभागी गराइने छ । कोरोनाले ठप्प बनेको पोखराको पर्यटन क्षेत्रमा अब कुनै त्रास नरहेकाले निर्धक्क घुम्न जान सकिन्छ भन्ने सन्देश दिन उच्च कुटनीतिक निकायका पदाधिकारीलाई निम्तो दिइएको बताइएको छ । कोरोनाले थला परेको पर्यटन उद्योगलाई उर्जा दिइ आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न देशका राजदूतलाई निमन्त्रणा गरी विश्व पर्यटन दिवस मनाउन लागेको गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेलले बताए । उनले पोखराका पर्यटकीय स्थलहरु खुला छन् भन्ने सन्देश दिन यो कार्यक्रम महत्वपूर्ण रहेन बताए । ५० प्रतिशत पर्यटन व्यवसायी र मजदूरले कोरोना विरुद्धको खोप लगाइसकेकाले पोखराको पर्यटन सुरक्षित रहेको भन्ने सन्देश दिन राजदूतको पोखरा भ्रमण महत्वपूर्ण हुने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । दुई दिने पोखरा बसाईका क्रममा पोखराका पर्यटकीय क्षेत्रको भ्रमणसहित हाईकिङ गर्ने कार्यक्रम रहेको छ । विश्व पर्यटन दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड वार एशोसिएशन (रेवान) ले सोमवार साँझ ५ बजेदेखि राति १० बजेसम्म फेवाताल किनारको सडकमा मिनि सडक महोत्सवको आयोजना गरेको छ ।