लालपुर्जा छ,जग्गा छैन, बगरको कर तिर्छन् स्थानीय

म्याग्दी :  बेनी नगरपालिका-२ बगरफाँटका केही स्थानीयको जग्गाधनी प्रमाणपत्र पुर्जा (लालपुर्जा) भए पनि उपभोग गर्ने जग्गा नहुँदा मर्कामा परेका छन्।म्याग्दी नदीको कटानका कारण म्याग्दीको बेनी नगरपालिका- २ बगरफाँटको ३६ रोपनी जग्गा बगरमा परिणत भएपछि हातमा लालपुर्जा भएपनि उनीहरूसँग कमाइखाने जग्गा नभएको हो। २०५७ सालदेखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गा उपभोग गर्न नपाए पनि स्थानीयले अझैसम्म पनि कर भने तिर्दै आएका छन्।बगरफाँटस्थित ढलेबगरको विराउटा भन्ने ठाउँमा अहि

सम्बन्धित सामग्री

लालपुर्जा पाउने झिनो आशमा सुकुम्वासी

उनी बस्दै आएको जमिन भूमि आयोगले नापेर गएको बषौँ भयो। निर्वाचनमा नेताहरुले पनि लालपुर्जा दिने आश्वासन देखाए। अहिले सरकारले ऐन संशोधन गरेर भएपनि लालपुर्जा दिने घोषणा गरेको छ। यतिखेर उनलाई लालपुर्जा पाउने आशा भने झिनो छ।...

तीस वर्षपछि मासपुरवासीले पाए लालपुर्जा

सिमकोट – दुर्गमको बस्ती मासपुरका स्थानीय बासिन्दाले आफ्नो जग्गाको लालपुर्जा पाएका छन्। जग्गा नापजाँच भएको तीस वर्षपछि मासपुरवासीले लालपुर्जा पाएका हुन्। दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका–३ को मासपुर गाउँकी वीरकला बुढाले आफ्नो जग्गा नापी भएको तीस वर्षपछि लालपुर्जा पाएको बताइन्। यसअघि एक जनाले मात्र लालपुर्जा पाएकोमा अहिले भने गाउँका २४ घरधुरी सबैले लालपुर्जा प्राप्त गरेका हुन्। […]

लालपुर्जा पाउँदाको खुसी...

उद्घोषकले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) लिनका लागि नाम बोलाउँदा ८० वर्षीया ओकी सुनार खुसीले नाँच्दै मञ्चमा पुगिन्। हातमा लालपुर्जा पर्नासाथ उनका आँखाबाट आँसु झर्न थाल्यो। ‘यी दुःखका होइनन्, खुसीका आँसु हुन्,’ मञ्चबाटै उनले भनिन्, ‘लालपुर्जा नपाएरै मरि...

तिलोत्तमाका भूमिहीनलाई लालपुर्जा वितरण

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा भूमिहीनलाई लालपुर्जा वितरण गरिएको छ । तिलोत्तमा नगरपालिका र नापी कार्यालय भैरहवाको समन्वयमा तिलोत्तमा नगरपालिका वडा नम्बर १५ र १७ का १ सय १० घरधुरीलाई लालपुर्जा वितरण गरिएको हो ।

‘लालपुर्जा’ सधैँको चुनावी मुद्दा

अधिकांश नेताले उनलाई लालपुर्जा(जग्गा धनी पुर्जा) दिने आश्वासन दिन्छन्। यो आश्वासन उनको लागि नयाँ होइन। २०५६ सालअघि देखि नै उनले उम्मेद्वारबाट यही सुन्दै आएका छन्। तर, उनी लालपुर्जा पाउनेमा भने आशावादी छैनन्।...

सुकुम्बासी भन्छन्– हामीले लालपुर्जा कहिले पाउने?

मियाँलाई हरेक चुनावमा लालपुर्जा दिलाउने आश्वासन धेरै उम्मेदवारले दिए। आफूलाई लालपुर्जा दिलाउन नसकेको उनले गुनासो पोखे।...

बर्दिवासका भूमिहिनले पाउने भए लालपुर्जा

वर्षौंदेखि लालपुर्जा नभएका भूमिहिनले आफ्नै नाममा दर्ता रहेको जग्गाको लालपुर्जा पाउने भएका छन्। राष्ट्रिय भूमि आयोगले जग्गा नभएकाहरुलाई लालपुर्जासहितको जग्गा दिने अन्तिम तयारी गरेको छ। राष्ट्रिय भूमि आयोग महोत्तरी जिल्ला समितिका...

मुक्त कमैयाको माग– नयाँ लालपुर्जा चाहियो

कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका मुक्त कमैयाले नयाँ लालपुर्जा माग गर्दै भूमिसुधार र मालपोत कार्यालयमा मागपत्र पेस गरेका छन् । बस्तीमा आगलागी हुँदा लाजपुर्जा जलेको तर अहिलेसम्म नयाँ लालपुर्जा नपाएको उनीहरुको भनाइ छ ।उनीहरुले २०६३ फागुन २१ गते ६५ घरधुरीलाई प्राप्त जग्गाको लालपुर्जा हाल साविक गरी नयाँ लालपुर्जा दिनुपर्ने भन्दै मागपत्र पेस गरेका हुन् । ६५ घरधुरीलाई उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्र अनुसारको ब्लुप्रिन्ट, फाईल नक्सा उपलब्ध गराउनु पर्ने, पुनःस्थापना प्रक्रियाको क्रममा १३ घ

३८ वर्षदेखि लालपुर्जा प्राप्तिका लागि लडाईँ

२ सय बढी दलित समुदायहरु लालपुर्जा प्राप्तिका लागि लडिरहेका छन्। तर, सरकारले अहिलेसम्म लालपुर्जा दिन सकेको छैन्। उनीहरु सुकुम्वासी जस्तै भएर जीवन बिताउनु परेको छ।...

सुकुम्वासीलाई लालपुर्जा र घर

सुकुम्वासीलाई जग्गाको लालपुर्जा र घर प्रदान गर्न विराटनगरमा अभियान थालिएको छ। महानगर आवास परियोजनामार्फत सुकुम्वासीलाई जग्गाको लालपुर्जा र घर निर्माणको अभियान थालिएको हो।...