लमजुङमा उमेर नपुग्दै आमा बन्ने बढे, १५ वर्षका किशोरी आमा

लमजुङमा उमेर नपुग्दै गर्भवती हुनेहरूको सङ्ख्यामा कमी आउन सकेको छैन । बेसीशहरस्थित जिल्ला अस्पताल लमजुङमा प्रसूति सेवा लिने महिलाहरूको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा अझै उमेर नपुग्दै बिहे गर्ने र कम उमेरमै सन्तान जन्माउने किशोरीहरूको सङ्ख्यामा कमी आउन नसकेको पाइएको हो । महिलाले २० वर्ष पुगेपछि मात्र विवाह पाइने कानुनी व्यवस्था छ। विगतमा नबुझेर बालविवाह हुने गरेकोमा पछिल्लो समय जान्ने बुझ्नेहरूले नै उमेर नपुग्दै विवाह गर्ने गरेका छन् । बालविवाहको यकिन तथ्याङ्क नभए पनि कम उमेरमै आमा हुने क