छ वर्षमा पनि पूरा भएन बेनी अस्पताल भवन

'पचास शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ', उनले भने, 'अस्थायी, पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ।' म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने अस्पतालले छ वर्षयता अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ।

सम्बन्धित सामग्री

२३ वर्षमा पनि पूरा भएन मुक्त कमैया घोषणाको सरकारी प्रतिवद्धता

दुई दशकअघि लामो सङ्घर्ष पश्चात मुक्तिको घोषणा हुँदा सरकारले गरेको प्रतिबद्धता पूरा नगर्दा मुक्तकमैया परिवार कष्टकर जीवन बिताउन बाध्य छन् । तत्कालीन सरकारले सुरक्षित आवास, निःशुल्क शिक्षा, स्वास्थ्यमा सहज पहुँचसँगै रोजागरीको सुनिश्चित गर्ने प्रतिबद्धता गरेको थियो । विगत सम्झदै मुक्तकमैया समाजका केन्द्रिय उपाध्यक्ष जगरनाथ चौधरी भन्नुभयो,“सरकारले मालिकबाट लिएको सौकी बापतको ऋण मिनाहा गर्यो, सहज जीवनयापनका …

आठ वर्षमा पनि पूरा भएन ठिमुरा–देवघाट पुल

चितवन, फागुन ३०। भरतपुर महानगरपालिका अन्तर्गत ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीको पुल निर्माण थालनी भएको आठ वर्ष बितिसक्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन। तीनवटा पक्की स्पान र नदीको बहाव क्षेत्रमाथि ८० मिटर लम्बाइको स्टिल संरचना गरी २२० मिटर लम्बाइको ‘प्रिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभीले २०७४ सम्म निर्माण […]

सात वर्षमा पनि पूरा भएन तुइन हटाउने सरकारी प्रतिवद्धता

काठमाडौं । घाँस काट्न जाँदा तुइनबाट खसेर १० वर्षीय बालक दीपेन्द्र बिष्ट महाकाली नदीमा बेपत्ता भएको घटनाले आम नेपालीको मन चसक्क बनाएको छ । ६ महिनाअघि तुइनबाट सोही नदी तर्ने क्रममा भारतीय पक्षले तुईन काट्दा बेपत्ता जयसिंह धामीको अझै खुटखबर छैन । बारम्बार यस्ता घटना हुँदा पनि मुलुकको केन्द्रीय राजनीति शक्ति र सत्ताको भागवण्डामै व्यस्त […]

आठ वर्षमा पूरा भएन विद्युत गृह निर्माणको काम

सन् २०१४ मा सुरु भएको विद्युत गृह निर्माणको काम पाँचौ पटक म्याद थप भएको छ। पछिल्लो पटक थपिएको म्याद आगामी चैत्र मसान्त भित्र सम्पन्न हुने उल्लेख छ। सो समय भित्र पनि विद्युत गृह निर्माणको काम सम्पन्न नहुने सम्भावना बढेको छ।...

५० मिटर पुल ८ वर्षमा पनि पूरा भएन!

बैतडी : जिल्लाको सुर्नया नदीमा निर्माण शुरु भएको ८ वर्षसम्म ५० मिटर पुल पनि बन्न सकेन।५० मिटरको उक्त पुल २ वर्षमा पूरा गर्ने सम्झौता थियो। त्यहाँका स्थानीय बासिन्दा २ वर्षपछि आफ्ना दुःख कम हुने सोचेर दङ्ग परेका थिए। त्यो दिन अझै आएन।बैतडीको पाटन–सकार कैलपाल जोड्ने मोटरेबल निर्माण अलपत्र हुँदा यहाँका बासिन्दा समस्या भोग्न बाध्य छन्।२०७१ साल भदौमा मोटरेबल पुल निर्माण कार्य एसके निर्माण सेवाले शुरु गरे पनि अहिलेसम्म पूरा हुन सकेको छैन।२ वर्षमा पुल सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौ

पूरा भएन नेपालगन्ज भन्सारको लक्ष्य

नेपालगन्ज भन्सार कार्यालय गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ ।अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा उत्साहजनक रुपमा असुली गरेको कार्यालयले गत आर्थिक वर्षमा भने लक्ष्यको ८८.५ प्रतिशत मात्रै असुली गरेको हो । पछिल्लो १० वर्षमा कार्यालय दोस्रोपटक लक्ष्य पूरा गर्न असफल भएको छ ।कार्यालयका भन्सार अधिकृत नवकुल शर्माका अनुसार […]

३ वर्षमा पनि पूरा भएन जोरपाटी–साँखु सडक कालोपत्र

काठमाडौं । सडकको उपलब्ध चौडाइमा कालोपत्र गर्नू भनी सरकारले निर्णय गरेको तीन वर्ष बित्न लाग्दासमेत जोरपाटी–साँखु सडक कालोपत्र भइसकेको छैन । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले चाबहिल–जोरपाटी–साँखु सडकमा केन्द्रबिन्दुबाट ११/११ मिटर बढाएर कालोपत्र गर्ने गरी २०७२ सालमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेर काम शुरू गरेको सात वर्षसम्म पनि सडकको काम अलपत्र छ । यसबीचमा सडक किनारमा घरजग्गा भएका स्थानीयले सर्वोच्चमा मुद्दा हाले । कति मुद्दाको अझै फैसला नभएकाले पनि काममा ढिलाइ भएको सडक विभागले बताएको छ । सर्वाेच्च अदालतले घर जग्गाकै मुआब्जा दिएर मात्र सडक विस्तार गर्नु भनी सरकारलाई २०७४ असोजमा आदेश दियो । सरकारले पुनरवलोकनको माग गरेकोमा मुआब्जा नै दिनू भन्ने आदेश भएको थियो । यसपछि सरकारले चाबहिल–जोरपाटी–साँखु र त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको पनि तीन वर्ष बितिसकेको छ । सडक कालोपत्र नहुँदा स्थानीयवासी एवं सडक प्रयोगकर्ताले सास्ती भोगिरहेका छन् । स्थानीयवासी जनार्दन पुडासैनी हिउँदमा धूलो र वर्षामा हिलोका कारण सडकमा निस्कनै नसक्ने अवस्था रहेको बताउँछन् । सडक विस्तारका लागि ‘राइट अप क्लियर’ नगरी ठेक्का गर्दा समस्या आएको हो । एउटा समूह सडक छिटो बनाऊ भन्ने र अर्काे समूह सर्वाेच्चको आदेश कार्यान्वयन गर भन्ने गर्दा सवारी एवं यात्रु भने असहज रूपमा यात्रा गर्न बाध्य छन् । सर्वाेच्च अदालतको फैसलापछि सडक दायाँबायाँका स्थानीयवासीले घरघरमा कालो ब्यानरमा मुआब्जा दिएरमात्र सडक विस्तार गर भन्दै विरोध गर्दै आएका छन् । दक्षिणढोकामा पुलको चौडाइ सानो हुँदा गोकर्ण जंगलतिरबाट आउने खोलाको बाढीले वर्षात्मा यहाँको बस्ती डुब्ने गरेको गोकर्णेश्वर नगरपालिका– ७ का अध्यक्ष केशव गुरुङको गुनासो छ । दक्षिणढोका पुल क्षेत्रमा सडक विस्तार भए पनि पुलको चौडाइ विस्तार भएको छैन । पुल नबढ्दा यहाँ घण्टौंसम्म पनि सडक जाम हुने गरेको छ । यो सडकमा अन्य स्थानका साना खहरेका पुल विस्तार हुन सकेको छैन । तिवारीटोल, थली एवं डाँछी बजारका स्थानीयवासीले घरजग्गाको मुआब्जा माग गर्दै सडक विस्तार गर्न मानेका छैनन् । स्थानीयवासीको मागकै कारण यी क्षेत्रका सडक विस्तार नहुँदा जीर्ण बनेका छन् । थली क्षेत्रमा पछिल्लो समय घर भत्काउन पैसा बुझेका केही भने भत्केका छन् । शंखरापुर नगरपालिकाको सलम्बुटार क्षेत्रमा वनका रूख कटानको आदेश लिन नै तीन वर्ष लागेको थियो । त्यसका कारण यस क्षेत्रमा सार्वजनिक जग्गा भए पनि काममा भने ढिलाइ भयो । चाबहिलबाट बागमती पुलसम्मको ३ दशमलव ६ किमी खण्डमा युनाइटेड बिल्डर्स एण्ड इञ्जिनीयर्स प्रालिले काम गरेकोमा यो काम करिब सम्पन्न भएको छ । यो खण्डमा कालोपत्र भएको एक वर्ष पनि नपुग्दै खाल्डाखुल्डी बनेका छन् । दक्षिणढोकाबाट थली उकालोसम्म २.४ किमी दूरीमा बज्रगुरु÷च्याङमिला÷खानी जेभीको ठेक्का छ । यो ठेक्काको तिवारीटोल क्षेत्रमा अझै कालोपत्र नहुँदा सवारी दुर्घटनामा पर्ने गरेका छन् । स्थानीयवासी राजेन्द्र सापकोटा हिउँदमा समेत पानी जम्ने यो स्थानमा उपलब्ध सडकमै पानी अन्यत्र कटाएर कालोपत्र हुन नसकेको बताउँछन् । थलीबाट डाँछी तीन किमी दूरीमा बज्रगुरु/बिरुवा/खानी जेभी, डाँछीबाट सलम्बुटार वनको बीच सडकसम्म बिटी÷सुनकोशी÷वल्र्डवाइड जेभी र त्यहाँबाट साँखुसम्मको एक किमी सडकमा लामा÷समानान्तर जेभीले ठेक्का पाएका छन् । कुल १२.५ किमीको यो सडक विस्तारको काम ठेक्का भएको ५ वर्ष पूरा हुँदा समेत सकिएको छैन । सडक विभागका प्रवक्ता शिवप्रसाद नेपाल उपलब्ध सडकमै कालोपत्र गर्नू भनी सरकारले निर्णय गरिसकेका अवस्थामा पानीको निकास, ह्युमपाइप राख्न नदिनेलगायत समस्याका कारण ढिला भएको स्वीकार्छन् । जोरपाटी–साँखु सडकमा अरू मुद्दा पनि फैसला नभइसकेकाले काममा ढिलाइ भएको उनले बताए । दुई वर्षअघिदेखि भने कोरोना भाइरसका कारण पनि सडक आयोजननाका काममा ढिलाइ भएको विभागले बताएको छ । रासस

१८ महिनामा सक्नुपर्ने योजना दुई वर्षमा पनि पूरा भएन

१८ महिनाभित्र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा खानेपानी वितरण गर्ने लक्ष्यसाथ २०७५ साल चैत १४ गते सुरु गरिएको योजनाको काम हालसम्म ९० प्रतिशत सकिएको छ।...

सम्झौता सकिएको तीन वर्षमा पनि निर्माण पूरा भएन कञ्चनपुरका दुई पुल

कञ्चनपुर : निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता सकिएको तीन वर्ष पूरा भए पनि कृष्णपुर नगरपालिका–१ पहरिया–सुन्दरीफाँटा जोड्ने खारखोला र सुन्दरीफाँटा–दोमिल्ला जोड्ने ओदाल खोलाका पुल अझै निर्माण पूरा भएको छैन।त्यस क्षेत्रमा पुन नहुँदा स्थानिय बासिन्दाले सास्ती खेप्दै आएका छन्। ज्यान जोखिमा राखी बाढी आएको खोला तर्न बाध्य छन्। दुवै पुल निर्माणका लागि २०७३ भदौ १७ मा थेगिन कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो। तर, निर्माण कम्पनीको चरम लापरवाहीका कारण पुल निर्माण पूरा नभएको स्थानीय अर्ज