राजीनामा दिन प्रधानन्यायाधीश पराजुलीमाथि नैतिक दबाव

२६ पुस, काठमाडौं । नागरिकता र शैक्षिक प्रमाणपत्रमाथि सर्वोच्च अदालतले छानविन सुरु गर्ने आदेश दिएसँग प्रधानन्यायाधीश गोपाल पराजुली नैतिक संकटमा परेका छन् । उनीमाथि पदबाट राजीनामा दिनुपर्ने दबाव सुरु भएको छ । कानूनका जानकारहरुका अनुसार अब अदालती छानविनको प्रक्रियामा तानिएपछि प्रधानन्यायाधीश पराजुलीका सामु दुई विकल्प छन्ः एक- आफूमाथिको छानविन पूरा नहुँदासम्म …

सम्बन्धित सामग्री

शम्भु थापा भन्छन्– आयोगका पदाधिकारीको अपील चोलेन्द्रलाई नुहाउने प्रपञ्च

वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतमा देखिएको विवादप्रति लक्षित गर्दै संवैधानिक आयोगका पदाधिकारीहरुले निकालेको वक्तव्य सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गरेको ‘भ्रष्टाचारलाई नुहाउने’ प्रपञ्च भएको प्रतिक्रिया दिएका छन् ।प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसन लगायतका कानुन व्यवसायी र सर्वोच्चकै न्यायाधीशहरूले आन्दोलन र दबाव दिइरहेका बेला मंगलबार विभिन्न संवैधानिक आयोगका पदाधिकारीहरुले संयुक्त वक्तव्य निकालेर दुवै पक्षलाई अडान छोड्न अपिल गरेका थिए

'प्रधानन्यायाधीशविरुद्धको षड्यन्त्र कुनै हालतमा सफल हुन दिन्नौँ'

काठमाडौं । 'जनताको आयोग महा–अभियान'ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध षड्यन्त्र भइरहेको बताएको छ ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाभियानले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सम्भव नदेखेपछि अहिले दबाव सिर्जना गरेर राजीनामा गर्न लगाएर हटाउने षड्यन्त्र भएको जनाएको हो । प्रधानन्यायाधीशविरुद्ध षड्यन्त्र भइरहेको र त्यसलाई कुनैपनि हालतमा सफल हुन नदिने महाभियानले बताएको छ । महाअभियान कार्यसमितिकी अध्यक्ष...

'अदालतको विषयमा प्रधानन्यायाधीश मात्रै होइन, सरकार पनि दोषी छ'

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा दिन चौतर्फी दबाव परिरहँदा पनि उनी राजीनामा दिने मनस्थितिमा छैनन्। पूर्वन्यायाधीश फोरम, चार पूर्व-प्रधानन्यायाधीश, सर्वोच्च बार एसोसिएसन र नेपाल बार एसोसिएसनलगायतले प्रधानन्यायाधीश राणाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने बताइरहँदा उनले भने केही व्यक्तिले माग्दैमा राजीनामा नदिने बताउँदै आएका छन्।सर्वोच्च अदालतका १५ जना न्यायाधीशको बैठकले समेत प्रधानन्यायाधीश राणाका कारण न्यायालय बदनाम भएको निष्कर्ष निकालेको छ। प्रधानन्यायाधीश र न्या

प्रधानन्यायाधीश जबरालाई ओलीको साथ !

जनमत रिझाउने एजेण्डा र अडानमा आँखा चिम्लिएर उभिने एमाले यसपटक फरक भूमिकामा नदेखिनुमा भने अध्यक्ष ओली र प्रधानन्यायाधीश जबराको सम्बन्ध कारक भएको नेताहरू बताउँछन् ।

कमजोर चोलेन्द्रशम्शेर कसरी भए दलहरुमाथि हाबी ?

९ कात्तिक, काठमाडौं । राजीनामा दिन चौतर्फी दबाव दिनेहरुलाई प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले मंगलबार जवाफ फर्काएका छन्, ‘प्रधानन्यायाधीश नियुक्त गर्ने र हटाउने संवैधानिक प्रक्रिया छ । त्यो प्रक्रियामा जाँदा मलाई कुनै आपत्ति छैन । तर सडकबाट दबाव दिएर हट्नुपर्छ भन्न जानु अराजकता हो, गैरसंवैधानिक हो । यो मलाई पटक्कै स्वीकार्य छैन ।’ करिव तीन वर्षअघि ठीक […]

रामशाहपथ कि चोलेन्द्रपथ?

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कार्यकाल शुरुबाटै विवादरहित रहेन। अहिले सत्तामा भाग खोजेका कारण उनको राजीनामा माग गरिएको छ। बार एसोसिएसनले उनको राजीनामा मागिरहेको छ। पूर्वप्रधानन्यायाधीशहरुले पनि सर्वोच्चबाट राणाको बहिर्गमन नै चाहेका छन्। न्यायाधीशहरुले फुलकोर्ट बहिस्कार गरिरहेको छ भने जनदबाव उत्तिकै छ। तर राणा दबाव नसुनी आफ्नो पद कसरी…

प्रधानन्यायाधीशलाई राजीनामा दिन चौतर्फी दबाब

८ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद विवादमा भागबण्डा खोजेपछि विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन चौतर्फी दबाव परेको छ । १४ न्यायाधीशले फुलकोर्ट बहिष्कारको निर्णय गरेको भोलिपल्ट चार पूर्वप्रधानन्यायाधीश, नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका हुन् । पूर्वन्यायाधीश समाजले यसअघि शुक्रबार नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आग्रह गरेर विज्ञप्ति जारी […]

नैतिक सङ्कटमा प्रधानन्यायाधीश जबरा

काठमाडौं । मन्त्रिमण्डलमा कोटा मागेको, सुनुवाइलाई प्राथमिकता नदिएको जस्ता आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नैतिक सङ्कटमा परेका छन् । आफूमाथि लागेका आरोपलाई उनले गलत साबित गर्न नसक्दा न्यायाधीशहरूले उनलाई बहिष्कार गर्नेसम्मको स्थिति बन्न पुगेको छ । सर्वाेच्च अदालतका १४ न्यायाधीशले आइतबार बैठक बसेरै प्रधानन्यायाधीश जबराले सोमवारका लागि बोलाएको फूलकोर्ट बहिष्कार गर्ने निर्णय गरेका छन् । उनीहरूले इजलास बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन् । प्रधानन्यायाधीश जबराले बोलाएको फूलकोर्ट बहिष्कार गर्ने निर्णय न्यायाधीशहरूले गरेसँगै प्रधानन्यायाधीशमाथि राजीनामा दिन दबाव परेको छ । आइतवारको बैठकमा सर्वाेच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् भने अन्य चार जना न्यायाधीशहरू कुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल आइतबार काठमाडौँमा थिएनन् । १४ जना न्यायाधीशहरूले खाजा ब्रेकपछि इजलास नबसेर संयुक्त बैठक बसेका थिए । यसैबीच, प्रधानन्यायाधीश जबराले आइतवार दिउँसो नेपाल बार एसोसिएसनको टोलीसँग छलफल गरेका छन् । उनले छलफलपछि सोमवारका लागि फूलकोर्टको बैठक बोलाउने निर्णय गरेका थिए तर न्यायाधीशहरूले बैठकले बहिष्कार गर्ने निर्णय गरेसँगै बैठक के हुने भन्नेबारे अन्यौल सिर्जना भएको छ । ‘सञ्चारमाध्यममा आएका कुराहरू सत्य छैनन्’ नेपाल बार एसोसियसनका केन्द्रीय पदाधिकारीहरूसँग आइतवार भेटका क्रममा प्रधानन्यायाधीश राणाले आफ्नो बचाउ गरेका छन् । ‘सञ्चारमाध्यममा आएका विषयहरू असत्य हुन् । कुरा त्यस्तो होइन । मबाट कमीकमजोरी भएको छैन । भएको भए सुधार गरी अघि बढ्न म तयार छु,’ उनले भनेका छन् । भेटमा सहभागी बारका महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीश राणाले सरकारसँग आफूले कुनै पनि भागबन्डा नगरेको, मन्त्रीको कोटा नमागेको र सुनुवाइलाई प्राथमिकता नदिएको कुरा सत्य नभएकोबारे बार पदाधिकारीहरूलाई स्पष्ट पारेको जानकारी दिए । प्रधानन्यायाधीश राणाले आफूलाई सहयोग गर्न बार पदाधिकारीहरूसँग आग्रहसमेत गरेको उनले बताए । तर, बारका पदाधिकारीहरूले आफूहरूले प्रधानन्यायाधीशलाई सुरुदेखि नै सचेत गर्दागर्दै विषय धेरै अघि बढेको भन्दै यही अवस्थामा सहयोग गर्न नसकिने जवाफ दिएको महासचिव पौडेलले बताए । ‘तपाईंले भनेकै आधारमा हामी विश्वस्त हुन सक्दैनौँ भनेर प्रधानन्यायाधीशज्यूलाई भन्यौँ’, उनले भने, ‘यी विषयमा हामीले पहिलेदेखि प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गर्दै आएका थियौँ । तैपनि नरोकिएको उहाँलाई भन्यौँ ।’ मन्त्रिपरिषद्मा भागबन्डा खोजेको विषयमा बारका पदाधिकारीसँग प्रधानन्यायाधीश राणाले भनेका थिए, ‘गजेन्द्र हमालकी बहिनीसँग विवाह भएको हो । २०४१ सालमै उनको निधन भयो । अहिले हमाल परिवारसँग मेरो आउजाउ छैन । मेरो नाम जोडेर मन्त्री बन्ने कुरा आएपछि मैले प्रधानमन्त्रीलाई नै नियुक्त नगरिदिनुहोस् भनेको थिएँ । तर मन्त्री नियुक्त गर्नुभयो । पछि छाड्नु भो । यसमा मेरो कुनै संलग्नता छैन ।’ बारका महासचिव पौडेलका अनुसार फुलकोर्टको बैठकमा हाल न्यायालयसम्बन्धी उठेका सम्पूर्ण विषयमा विस्तृत छलफल हुने प्रधानन्यायाधीशले जानकारी दिएका थिए । उक्त बैठकबाटै आफ्ना कमीकमजोरी सुधारेर अघि बढ्ने प्रधानन्यायाधीश राणाले वचन दिएको महासचिव पौडेलले जानकारी दिए । बारले अदालतमा स्वचालित पेशी प्रणाली लागू गराउन र सो प्रणाली लागू गर्न प्राविधिक रूपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट पेशी तोक्न माग गर्दै आएको छ । यसका लागि उसले १५ दिने अल्टिमेटमसमेत दिएको समेत छ ।

कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा नआए उनीमाथि छानविन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन हुनुपर्ने मागका साथ आन्दोलित हुने कानून व्यवसायीहरुको तयारी । ५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कामकारवाही र भूमिकाप्रति असन्तुष्ट कानून व्यवसायीहरुले आन्दोलनको तयारी थालेका छन् । कानुन व्यवसायीहरुको एक समूहले केही वरिष्ठ कानून व्यवसायीको पहलमा नेपाल बार एशोसिएसनमार्फत आन्दोलनका लागि दबाव दिने […]

राजीनामा दिन प्रधानन्यायाधीश पराजुलीमाथि नैतिक दबाव

२६ पुस, काठमाडौं । नागरिकता र शैक्षिक प्रमाणपत्रमाथि सर्वोच्च अदालतले छानविन सुरु गर्ने आदेश दिएसँग प्रधानन्यायाधीश गोपाल पराजुली नैतिक संकटमा परेका छन् । उनीमाथि पदबाट राजीनामा दिनुपर्ने दबाव सुरु भएको छ । कानूनका जानकारहरुका अनुसार अब अदालती छानविनको प्रक्रियामा तानिएपछि प्रधानन्यायाधीश पराजुलीका सामु दुई विकल्प छन्ः एक- आफूमाथिको छानविन पूरा नहुँदासम्म …