तेह्रथुम पावर कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

तेह्रथुम पावर कम्पनी लिमिटेड र नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) बीच साधारण सेयर सूचीकरण गर्ने सम्झौता बिहीवार सम्पन्न भएको छ । सम्झौता पत्रमा तेह्रथुम पावर कम्पनीका प्रबन्ध सञ्चालक श्री मोहन कुमार डाँगी र नेपाल स्टक एक्सचेन्जका  निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालबीच हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार तेह्रथुम पावर कम्पनीले हालै जारी गरेको १२ लाख कित्ता सर्वसाधारण सेयर तथा २८ लाख कित्ता संस्थापक गरी ४० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भइ कारोवार योग्य भएको छ । कम्पनीले सर्वसाधारणको लागी २०७८ भदौ ९ ग...

सम्बन्धित सामग्री

तेह्रथुम पावर र मानुषी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

आइतवार कारोबारको शुरूवाती समयमै तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  तेह्रथुम पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४३९.४० रुपैयाँ पुगेको छ ।  यस्तै मानुषी लुघवित्त वित्तीय संस्थाको शेयर मूल्य ९२.८० रुपैयाँ बढ्दै (९.९९प्रतिशत) बढेर १ हजार २१.५० रुपैयाँ पुगेको छ ।

तेह्रथुम पावरको शेयर रजिष्ट्रार बन्यो नेपाल-बंगलादेश क्यापिटल

सको लागि नेपाल बंगलादेश क्यापिटल लिमिटेड तथा तेह्रथुम पावर कम्पनी लिमिटेड बीच सम्झौता भएको हो । सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडका नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका हुन्

तेह्रथुम पावरको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त

नेपाल बंगलादेश क्यापिटल लिमिटेडलाई तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रार नियुक्ती सम्बन्धी प्रेस विज्ञप्ती ःतेह्रथुम पावर कम्पनीले नेपाल बंगलादेश क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । शेयर रजिष्ट्रार नियुक्ति सम्झौतामा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका छन् । हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशन कार्य सम्पन्न भई कम्पनीको चुक्ता पूंजी ४० करोड पूर्ण भैसकेको छ । चुक्ता पूंजी ४० करोड मध्ये ७० प्रतिशत अर्थात २८ करोड रकम संस्थापकहरुबाट र बांकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारण (आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु समेत) नेपाली नागरिकहरुबाट कम्पनीको पूंजी उठाईएको छ ।अव चांडो भन्दा चांडो नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण गरी दोश्रो बजारमा कारोवार हुने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ ।

तेह्रथुम पावर कम्पनी आईपीओ बाँडफाँड, २२ लाख ८१ हजारले पाएनन्

काठमाडौं ।  तेह्रथुम पावर कम्पनीले सर्वसाधारणको लागि जारी गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा शुक्रबार आईपीओ  बाँडफाँट भएको हो। कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । कम्पनीले बिक्रीमा ल्याएको कुल सेयरमध्ये...

तेह्रथुम पावरको आइपीओ बाँडफाँट, ७४ हजार ४०० ले पाए १० कित्ता शेयर

तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा सो शेयर बाँडफाँट भएको हो।

तेह्रथुम पावरको आईपीओमा २३ लाख ८८ हजारको आवेदन

१३ भदौ, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको साधरण शेयर (आईपीओ)का लागि २३ लाख ८८ हजार भन्दा धेरै जनाले आवेदन दिएका छन् । कम्पनीले भदौ ९ देखि १३ गते (आज) सम्मका लागि आईपीओमा आवेदन दिने मिति तोकेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता […]

तेह्रथुम पावर कम्पनीको आईपीओमा १७ लाखभन्दा बढीले दिए आवेदन

भदौ ११, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा शुक्रवारसम्ममा १७ लाखभन्दा बढीले आवेदन दिएका छन्। विक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार शुक्रवार साँझसम्ममा कम्पनीको आईपीओमा १७ लाख १८ हजार ६६३ जना आवेदकले २ करोड २८ लाख २ हजार १५० कित्ता शेयर खरीदका लागि आवेदन दिएका हुन् । यसलाई आधारमान्दा  सर्वसाधारणको लागि निष्कासनमा ल्याएको ७ लाख ४४ हजार कित्ताको ३० दशमलव ६४ गुणा बढी आवेदन हो । कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्कासनमा ल्याएको हो । जसमध्ये १६ हजार कित्ता कर्मचारीहरुका लागि, ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आईपीओमा आवेदकले भदौ १३ गतेसम्म आवेदन गर्न सक्नेछन् ।  न्यूनतम १० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने आधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जानकारी गराएको हो । आवेदकले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो शेयर एपबाट आवेदन दिन सक्नेछन् ।  कम्पनीले निष्कासन गरेको आईपीओमा इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ कम्पनीको दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. २८ करोड रहेको छ । आईपीओ निष्कासन पछि उक्त पूँजी रू. ४० करोड पुग्नेछ ।

तेह्रथुम पावर कम्पनीको आईपीओमा १३ लाखभन्दा बढीले दिए आवेदन

भदौ १०, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा १३ लाखभन्दा बढी आवेदकले आवेदन दिएका छन्। विक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार बिहीवार साँझ पाँच बजेसम्ममा १३ लाख ८ हजार ५४४ जना आवेदकले १ करोड ७५ लाख ३ हजार ९५० कित्ता शेयर  खरीदका लागि आवेदन दिएका हुन्। कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्कासनमा ल्याएको हो । जसमध्ये १६ हजार कित्ता कर्मचारीहरुका लागि, ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आईपीओमा आवेदकले भदौ १३ गतेसम्म आवेदन गर्न सक्नेछन् ।  न्यूनतम १० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने आधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जानकारी गराएको हो । आवेदकले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो शेयर एपबाट आवेदन दिन सक्नेछन् ।  कम्पनीले निष्कासन गरेको आईपीओमा इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ कम्पनीको दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. २८ करोड रहेको छ । आईपीओ निष्कासन पछि उक्त पूँजी रू. ४० करोड पुग्नेछ ।

तेह्रथुम पावर कम्पनीको ८ लाख कित्ता आईपीओ भोलिदेखि खुल्ने

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार […]

तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्दै

काठमाडौं :  तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो।   १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आईपीओका लागि