आफ्नो अनियन्त्रित परमाणु कार्यक्रमले विश्वलाई नै चिन्तित बनाएको उत्तर कोरिया एकपटक आफै यो कार्यक्रमको शिकार बनेको खुलासा भएको छ। ‘द डिप्लोम्याट’ मा प्रकाशित एक रिपोर्टले उत्तर कोरियाको एक मिसाइल परीक्षणमा गल्ती भएको र उक्त मिसाइल उसकै सहरमा खसेको उल्लेख गरेको छ।