बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

रुपन्देही : बुटवलमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ। बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नंम्बर को बसले साईकलयात्रीलाई ठक्कर दिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। बुटवल–८ मिलनचोकमा भएको उक्त दुर्घटनामा साईकलयात्री अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएपछि बसको चक्कामुनि परेका साईकलयात्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।मृतक व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन। &nbs