मन्त्रीले दल बदल्दा मुख्यमन्त्री शाक्य अल्पमतमा

बागमती प्रदेशको मन्त्री नियुक्त भएर पद तथा गोपनीयताको  शपथग्रहण  गरेको  एक  सातामा  नै  प्रदेशका  सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले दल बदलेका छन् ।  मन्त्री खनाल गत बुधबार नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सिफारिसमा एमालेका तर्फबाट मन्त्री नियुक्त भएका थिए ।  मन्त्री खनालले एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको नयाँ दल दर्तामा सनाखत गरेका छन् ।  खनालले एमाले विभाजित भएर नया...

सम्बन्धित सामग्री

मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुख समक्ष बुझाइन् राजीनामा

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् । प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी थिइन् । सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।सत्तारुढ दल वा सत्ता साझेदार दल विभाजन भएपछि संविधानतः ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता अनुरुप मुख्यमन्त्री

‘अष्टलक्ष्मी शाक्यविरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो’

मकवानपुर – नेकपा एकीकृत समाजवादी पार्टीका वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएकाे छ । आज बिहीवार मुख्यमन्त्री शाक्यले पेस गर्नुभएकाे विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता पाण्डेले मुख्यमन्त्री शाक्य अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेमा ३९ दिन भइसकेको बताउनुभयाे ।  मुख्यमन्त्रीमा प्रस्तावितसमेत रहनुभएका पाण्डेले संविधानतः सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताउनुभयाे । उहाँले वर्तमान ...

नैतिकतामा आँच आउने काम गरेको छैन : मुख्यमन्त्री शाक्य

काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अध्यादेश ल्याएर दल विभाजन गर्ने काम अन्त्यन्तै दुःखद भएको बताएकी छन् । बिहीबार वाग्मती प्रदेशसभाको बैठकमा आफूलाई विश्वासको मत दिन आग्रह गर्दै उनले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दल विभाजन गर्ने गरी अध्यादेश ल्याउँदा आफूले विरोध गरेको र वर्तमान सरकारले ल्याएको दल विभाजनसम्बन्धी...

विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबारबाट सुरु हुने प्रदेशसभाको नवौं अधिवेशनमा विश्वासको मत लिँदै छिन् । भदौ २ गते नेपालकै पहिलो मुख्यमन्त्रीका रूपमा सत्तारोहण गरेकी शाक्य उपाध्यक्ष रहेको दल नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएसँगै उनले सदनबाट विश्वासको मत लिनुपर्ने कानुनी अवस्था सिर्जना भएको हो ।

विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, पद् जाने निश्चित

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री बनेको ५४औँ दिनमा आज विश्वासको मत लिने भएकी छन् । प्रदेशसभामा अल्पमतमा रहेकी शाक्यले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको हिउँदे अधिवेशनमा विश्वासको मत लिन लागेकी हुन् । १ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको […]

स्पष्ट अल्पमत, ‘पर्ख र हेर’ मा मुख्यमन्त्री शाक्य

रोशन पराजुली, हेटौंडा ।  स्पष्ट अल्पमतमा परे पनि वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ‘पर्ख र हेर’ को नीतिमा रहनुभएको छ । प्रदेश सरकारको नेतृत्व सम्हालेको एक सातामा अल्पमतमा पर्नुभएकी शाक्य कसरी अगाडि बढ्ने भन्नेबारे ‘पर्ख र हेर’ को अवस्थामा रहनुभएको हो । जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षामा शाक्यले आइतबार सञ्चारकर्मीसँग प्रदेशमा आधिकारिकरूपमा दल विभाजन […]

स्पष्ट अल्पमतमा परेपछि ‘पर्ख र हेर’ अवस्थामा मुख्यमन्त्री शाक्य

न्युज अफ नेपाल, हेटौंडा । स्पष्ट अल्पमतमा परे पनि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ‘पर्ख र हेर’ को नीतिमा रहनुभएको छ । प्रदेश सरकारको नेतृत्व सम्हालेको एक सातामा अल्पमतमा पर्नुभएकी शाक्य कसरी अगाडि बढ्ने भन्नेबारे ‘पर्ख र हेर’ को अवस्थामा रहजुभएको हो । जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षामा शाक्यले आइतबार सञ्चारकर्मीसँग प्रदेशमा आधिकारिकरुपमा दल […]

मन्त्रीले नै छाडे अष्टलक्ष्मीको साथ, मुख्यमन्त्री अल्पमतमा

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको साथ छाडेका छन् ।  भदौ २ गते मन्त्रीको शपथ लिएका एमाले सांसद खनाल मंगलवार नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका हुन् ।  खनालले मंगलवार हेटौंडास्थित निर्वाचन आयोगमा पुगेर समाजवादी रोज्न सनाखत गरेका हुन् ।  एमाले त्यागेर समाजवादीमा लागे पनि उनले अहिलेसम्म मन्त्री पदबाट राजीनामा भने दिएका छैनन् । खनालसहित १२ सांसदले कित्ता परिवर्तन गरेसँगै मुख्यमन्त्री शाक्य स्पष्ट अल्पमतमा परेकी छन् ।  दल विभाजन भएपछि मुख्यमन्त्री...

वाग्मतीमा एमालेका १२ सांसद एकीकृत समाजवादीमा, मुख्यमन्त्री शाक्य अल्पमतमा

मकवानपुर – वाग्मती प्रदेश सभाका १२ सदस्यले एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । १२ जना प्रदेश सभा सदस्यले आज मङ्गलवार प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर एकीकृत समाजवादीको नाममा सनाखत गरेको भक्तपुरका प्रदेश सभा सदस्य राजेन्द्रमान श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । निर्वाचन आयोगले यही भदाै २२ गतेसम्म दल रोज्न पाउने निर्णय गरेको छ । वाग्मतीमा १२ जना एमालेका सदस्य एकीकृत समाजवादीमा लागेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ । उहाँले अब एक महिनाभित्र ...