सिञ्जाका तीन स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

२७ असोज, कर्णाली । दशैंदेखि असोज २३ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त जुम्ला सिञ्जा क्षेत्रका तीन स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणका लागि माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सिञ्जा क्षेत्रका कनकासुन्दरी, हिमा र सिञ्जा गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकार समक्ष […]

सम्बन्धित सामग्री

इलामका ६ र पाँचथरका ४ स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा

प्रदेश १ अन्तर्गत इलामका ६ र धनकुटाको एक स्थानीय तह पनि संकट ग्रस्त क्षेत्रमा परेका छन् ।  इलामका इलाम र सूर्योदय नगरपालिकासँगै फाकफोकथुम, माङसेबुङ, देउमाइ र सन्दकपुर गाउँपालिका संकटग्रस्त क्षेत्रमा समेटिएका छन् ।

बैतडीका दुई सहित सुदूरपश्चिमका २० स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा

मंसिर २२, बैतडी । मंसिर २२, बैतडी । बैतडीका दुई सहित सुदूरपश्चिमका २० ओटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सरकारले देशभरीका ३३ ओटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । ती मध्ये सुदूरपश्चिमका ६ जिल्लाका २० ओटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।  बैतडीका सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । यस्तै दार्चुला दुहुँ गाउँपालिका र अपिहिमाल गाउँपालिका संकट ग्रस्त क्षेत्र घोषणा भएका छन् । डडेल्धुराका नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र पर्शुराम नगरपालिका गरी ५ स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । बझाङका थलारा गाँउपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिका गरी ४ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।  यस्तै, डोटीका ५ स्थानीय तह दीपायल सिलगढी नगरपालिका, केआईसींह गाउँपालिका, आदर्श गाउँपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । यस्तै बाजुराका २ स्थानीय तह हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् ।  संकटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहमा पुनर्निर्माण र पुनःस्थापनाको काम, घर, सडक र अन्य भौतिक संरचना निर्माणको काम हुने बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए ।

२० स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा

बैतडी । सरकारले बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० वटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण भएको क्षतिको आधारमा त्यहाँका २० स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । देशभरिका ३३ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएकोमा तीमध्ये सुदूरपश्चिमका ६ जिल्लाका २० स्थानीय तह […]

सुदूरपश्चिमका २० स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० वटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।सरकारले गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अबिरल वर्षाका कारण भएको क्षतिको आधारमा ती २० स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। देशभरिका ३३ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएकोमा तीमध्ये सुदूरपश्चिमका ६ जिल्लाका २० स्थानीय तह पनि समेटिएका हुन्।यस प्रदेशका सबैभन्दा बढी डोटी र डडेल्धुरामा पाँच/पाँच स्थानीय तहमा संकटग्रस्त क्षेत्र परेका हुन्। यस्तै बझाङका चार तथा बैतडी, बाजुरा र