इन्फिनिटी लघुवित्तले २० % बोनस शेयर, फागुन १३ गते पारित गर्ने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १३ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ । माघ १७ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले सहमति संस्था विजय चोक गैंडाकोट, नवलपरासीमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत बोनस शेयरलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४१ करोडभन्दा माथिको आधारमा २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उल्लिखित प्रस्तावसँगै अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २ गते एक दिन बुक क्लोज गर्दै छ । बुक क्लोजको आधारमा फागुन १ गतेसम्म कायम शेयरधनीहरूमात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

सम्बन्धित सामग्री

इन्फिनिटी लघुवित्तले वितरण गर्‍यो २० प्रतिशत बोनस शेयर

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको २० प्रतिशत बोनस शेयर तिवरण गरेको छ । कम्पनीले गत फागुन १३ गते छैटौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् वितरण गरेको हो । जेठ ८ गतेदेखि शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गर्न थालिएको जानकारी कम्पनीले दिएको हो । यस वर्ष कम्पनीले बोनस शेयर मात्र वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मर्जर प्रक्रिया पूरा गरी २०७८ साल भदौ ४ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । आयकर ऐन, २०६३ को दफा ५६ को उपदफा (२) मा भएको व्यवस्थाअनुसार प्राप्ति मितिबाट दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था रहेकाले सो मितिपश्चात् कायम शेयरधनीहरूले भने बोनस शेयरको कर तिर्नुपर्ने भएको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर कर तिर्नुपर्ने शेयरधनीहरूको बोनस शेयर कर रकम जम्मा गरेपछि मात्र हितग्राही खातामा जम्मा हुने बताएको छ । कम्पनीले चुक्तापुँजी रू. ४१ करोड ४५ लाख १३ हजारको आधारमा २० प्रतिशत बोनस शेयर वितरण गरेको हो । बोनसपछि चुक्तापूँजी रू. ४९ करोड ७४ लाख १६ हजार कायम भएको छ ।  लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा फागुन १ गतेसम्म कायम शेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गरेका छन् । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

नेप्सेमा सूचीकृत ६० मध्ये ४५ लघुवित्तले गरे लाभांश घोषणा

काठमाडौं । नेप्सेमा सूचीकृत ४५ लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । नेप्सेमा जम्मा ६० लघुवित्त कम्पनी सूचीकृत छन् । अधिकांश लघुवित्त कम्पनीहरूले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् भने केहीको बाँकी छ । यी कम्पनीहरूमध्ये सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै दोस्रोमा उपकार लघुवित्त वित्तीय संस्थाले ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्र्ने प्रस्ताव गरेको हो । यस कम्पनीले साधारण सभाबाट लाभांश पारित गरिसकेको छ ।  ४५ कम्पनीहरूमध्ये एनआईसी एशिया लघुवित्तले नगद लाभांशमात्रै वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै गुराँस लघुवित्तले सबैभन्दा कम ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  सबैको लघुवित्त, लक्ष्मी लघुवित्त, सिभिल लघुवित्त, आदर्श लघुवित्त, डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त, स्वाभिमान लघुवित्त, आशा लघुवित्त, स्वरोजगार लघुवित्त जनउत्थान सामुदायिक लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले घोषित लाभांशबारे निर्णय गर्न साधारण सभाको मिति तय गरिसकेका छन् ।  त्यस्तै एनआईसी एशिया लघुवित्त, किसान लघुवित्त, सामुदायिक लघुवित्त, समता घरेलु, विजय लघुवित्त, सूर्योदय वोमी लघुवित्त, नेशनल माइक्रोफाइनान्स लघुवित्त, सामुदायिक लघुवित्त र जीवन विकास लघुवित्तले साधारण सभाको मिति तय गर्न बाँकी छ भने अन्य कम्पनीले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् ।  तीन लघुवित्तको लाभांश संशोधन लाभांश घोषणा गरेका लघुवित्तहरूमध्ये तीन कम्पनीको लाभांश संशोधन भएको छ । नेसनल माइक्रोफाइनान्स लघुवित्त, जीवन विकास लघुवित्त र आशा लघुवित्तको लाभांश संशोधन भएको हो । नेशनल माइक्रोफाइनान्स लघुवित्तले यसअघि ३८ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशनपछि संशोधन गरेको हो । यस्तै आशा लघुवित्तले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकले लाभांश घटाएर स्वीकृति दिएको छ । यस्तै जीवन विकास लघुवित्तको लाभांश पनि संशोधन भएको छ । यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९ दशमलव ३६ प्रतिशत नगद लाभांश गरी कुल ३७ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  लाभांश रद्द  नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरणका लागि प्रस्ताव गरेको लाभांश रद्द भएको छ । डिप्रोक्स लघुवित्तसँगको मर्जर तोडिएपछि कुनै अर्को वित्तीय संस्थासँग मर्जरमा नगएसम्म कम्पनीलाई लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर शून्य दशमलव ५२ प्रतिशत नगद गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । संशोधनपछिको लाभांश यस्तो छ  कम्पनीको नाम   २०७८÷७९ को लाभांश ( प्रतिशत)     कुल लाभांश – प्रतिशत)    बोनस शेयर  नगद लाभांश    जाल्पा सामुदायिक लघुवित्त 73 3.8421 76.84 उपकार लघुवित्त 61.75 3.25 65 महिला लघुवित्त 47.5 2.5 50 नेशनल माइक्रोफाइनान्स लघुवित्त  34.45   34.45 जीवन विकास लघुवित्त 26 7.15 33.15 सिवाईसी नेपाल लघुवित्त 30 1.58 31.58 आँधिखोला लघुवित्त 30 1.58 31.58 फरवार्ड लघुवित्त 25 5 30 आरएमडिसी लघुवित्त 26 1.3684 27.37 साना किसान लघुवित्त 26 1.3684 27.37 छिमेक लघुवित्त 22 3.26 25.26 महुली लघुवित्त 20 5 25 नेरुडे लघुवित्त 22 1.1579 23.16 स्वरोेजगार लघुवित्त 22 1.1579 23.16 मिर्मिरे लघुवित्त 23   23 स्वाभिमान लघुवित्त 20 1.0526 21.05 विजय लघुवित्त 20 1.0526 21.05 सामुदायिक लघुवित्त 10 11.0526 21.05 डिप्रोक्स लघुवित्त 10 11.0526 21.05 आदर्श लघुवित्त 20 1.05 21.05 स्वावलम्बन लघुवित्त 15 6.05 21.05 इन्फिनिटी लघुवित्त 20   20 फस्र्ट माइक्रोफाइनान्स लघुवित्त 19 1 20 साधना लघुवित्त 19 1 20 निर्धन उत्थान लघुवित्त 19 1 20 नयाँ सारथी लघुवित्त 19 1 20 कालिका लघुवित्त 19 1 20 लक्ष्मी लघुवित्त 15 5 20 ग्लोबल आइएमई लघुवित्त 12 8 20 मेरो माइक्रोफाइनान्स लघुवित्त 10 10 20 सबैको लघुवित्त 18 0.95 18.95 समता घरेलु लघुवित्त 15 3 18 मिथिला लघुवित्त 15 0.7895 15.79 जनउत्थान सामुदायिक लघुवित्त 15 0.7895 15.79 सूर्योदय वोमी लघुवित्त 15   15  आशा लघु्वित्त 14.2857 0.7143 15 एनआईसी एशिया लघुवित्त   14.75 14.75 समीट लघुवित्त 13.5628 0.7138 14.28 सिभिल लघुवित्त 11 0.58 11.58 सपोर्ट लघुवित्त 11 0.5789 11.58 आरएसडिसी लघुवित्त 8 3 11 एनएमबि लघुवित्त 10 0.5263 10.53 किसान लघुवित्त  7 0.3684 7.37 मनकामना स्मार्ट लघुवित्त 4.75 0.25 5 गुराँस लघुवित्त  4 0.2105 4.21

दुई ओटा लघुवित्त कम्पनी सहित ५ ओटा कम्पनीको शेयरमूल्य समायोजन

पुस १५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार पाँच ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड, इन्फिनिटी वित्तीय संस्था, मन्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट र समिट लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको हो । यी ५ आटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले चिलिमे हाइड्रोपावरको ७ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४६७ दशमलव ८१ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ५०२ दशमलव ९० को आधारमा शेयरमूल्य समायोजन भएको हो । चिलिमे जलविद्युतले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७ दशमलव ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि सहित ७ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २३ गते २५ औं वार्षिक साधारण सभा बोलाएको छ । त्यस्तै, नेप्सेले इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २७ दशमलव ७० प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. १ हजार ३०७ दशमलव ७५ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बुधवार कम्पनीको शेयर प्रतिकित्ता रू. १ हजार ६७० मा अन्तिम कारोबार भएको थियो । इन्फिनिटी लघुवित्तले हाल कायम चुक्ता पूँजीको २७ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सो लाभांश पारित गर्न कम्पनीले पुस २७ गते होटल द नारायणी, गैंडाकोट, नवलपरासीमा पाँचौं वार्षिक साधारण सभा बेलाएको छ । सभा बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी, नेप्सेले मन्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ६७० दशमलव ७१ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ९३९ को आधारमा शेयरमूल्य समायोजन भएको हो । मञ्जुश्री फाइनान्सले ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ । सोही लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आफ्नै कार्यालय, नयाँ बानेश्वरमा पुस २९ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।  नेप्सेले एनआरएन इन्फ्रास्टक्चरको ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ५११ दशमलव ४३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ५३७ को आधारमा शेयरमूल्य समायोजन भएको हो । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश पारित गर्न पुस २९ गते बिहान ११ बजे आम्रपाली ब्यांक्वेट, काठमाडौंमा नवौं वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।  त्यस्तै, नेप्सेले समीट लघुवित्त वित्तीय संस्थाको २५ दशमलव २८ प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. १ हजार १६५ दशमलव ३४ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बुधवार कम्पनीको शेयर प्रतिकित्ता रू. १ हजार ४६० मा अन्तिम कारोबार भएको थियो । समीट लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न पुस २४ गते, आँबुखैरेनी रेष्टुराँ एण्ड पार्टी प्यालेस, आँबुखैरेनी, तनहुँमा १३औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा बिहान १० बजे शुरु हुने बताइएको छ। सभाले हाल कायम चुक्ता पूँजीको २५ दशमलव २८ प्रतिशत बोनस शेयर वितरण गर्ने, सजिलो लघुवित्त र समीट लघुवित्त एक आपसमा मर्जर र बोनस शेयर जारी गरेपश्चात संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपातमा मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको ७ लाख ५१ हजार ७१२ कित्ता साधारण शेयर प्रिमियममा एफपीओ जारी गर्ने, सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अन्य लघुवित्त वित्तीय संस्थासँँग मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु समेत पारित गर्नेछ ।

इन्फिनिटी लघुवित्तले पुस २७ गते बोलायो साधारण सभा, प्रस्ताव गर्‍यो २९.१६% लाभांश

पुस ६, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २७ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले होटल द नारायणी, गैडाकोट, नवलपरासीमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ । यस वर्ष कम्पनीले कुल २९ दशमलव १६ प्रतिशत लााभंश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २९ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्तावलाई पनि सभाले पारित गर्नेछ । सभाले संस्थापक समूहबाट चार जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ । हाल कायम रू. ५० करोड अधिकृत पूँजीलाई रू. १ अर्ब पुर्‍याउने तथा अन्य कुनै लघुवित्त वित्तीय संस्थालाई प्राप्त गर्ने या मर्जरमा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्दै इन्फिनिटी र नेपाल एग्रो लघुवित्त

असार २, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव आगामी असार २१ गते पारित हुने भएको छ ।  इन्फिनिटी लघुवित्तले विशेष साधारण सभा र नेपाल एग्रो लघुवित्तले पाचौं वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न लागेका हुन् । इन्फिनिटी लघुवित्तले कम्पनीको केन्द्रीय कार्यायल गैडाकोटमा विहान ९ बजे सभा बोलाएको हो भने नेपाल एग्रो लघुवित्तले सिटिस्क्वेयर प्रालि, न्यूरोड, पोखरामा विहान ९ बजे सभा बोलाएको हो ।  नेपाल एग्रो लघुवित्तले प्राप्ति प्रस्तावसहित गत आर्थिक वर्ष ०७६/ ७७ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्दै प्रस्तावित लाभांशसमेत पारित गर्नेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ५ करोड ७२ लाख ४४ हजार को आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रू. ४ लाख २१ हजार ८०१ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ बराबर शून्य दशमलव ९८ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो । दुबै कम्पनीको सभाबाट प्राप्ति सम्बन्धि सम्झौता लगायत सञ्चालक समितिबाट भएका निर्णयहरुलाई अनुमोदन गर्दै थप कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाईनै दिने निर्णयसमेत गर्नेछ । यी दुई कम्पनी एक भएपछि चुक्तापूँजी रू. ३२ करोड ५९ लाख ८ हजार कायम हुनेछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने सहमति पनि दुबै कम्पनी बीच भएको छ ।  दुबै कम्पनीले सभा प्रयोजनका लागि असार ८ गतेदेखि बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।