राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिमा रकम करिब १४ करोड भुक्तानी नहुँदा आर्थिक संकट
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालका अनुसार कात्तिकसम्मको करिब ११ करोड रुपैयाँ बिमाको रकम हालसम्म भुक्तानी भएको छैन। मंसिर र पुस महिनाको बिमा रकमसमेत जोड्दा भुक्तानी हुन बाँकी रकम करिब १४ करोड रुपैयाँ पुगेको उनले जानकारी दिए।