नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ । बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञा सभा कार्यक्रममा पार्टीका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा ले संयुक्त रूपमा प्रतिज्ञापत्र सार्वजनिक गर्दै आगामी कार्यकालका लागि कांग्रेसको नीति, दृष्टिकोण र प्राथमिकताहरू प्रस्तुत गरेका हुन् । कांग्रेसको प्रतिज्ञापत्र जनताको सम्मान, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, सुशासन, समावेशी […]