विश्वभर विस्थापनको नयाँ रेकर्ड : १२ करोड मानिस घरबारविहीन, आफ्नै देशमा असुरक्षित ८ करोड

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले आफ्नो प्रमुख प्रकाशन ‘विश्व आप्रवासन प्रतिवेदन-२०२६’ सार्वजनिक गरेको छ। न्युयोर्कमा जारी ‘अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा फोरम’का अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनले सुरक्षित र नियमित आप्रवासन मार्गहरूले विश्व अर्थतन्त्र र सामाजिक संरचनामा पारिरहेको प्रभावबारे विस्तृत विश्लेषण प्रस्तुत गरेको छ। प्रतिवेदनमा कानुनी र सुरक्षित आप्रवासन मार्गमा लगाइने प्रतिबन्धहरूले आप्रवासीहरूको जोखिम बढाउनुका साथै राज्यहरूको प्रशासनिक तथा […]