क्यानका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार भएको छ । ललितपुर प्रहरीका अनुसार सोमबार साँझ घर जाने क्रममा अधिकारीमाथि मोटरसाइकलमा आएका व्यक्तिले सातदोबाटोमा दुर्व्यवहार गरेका हुन्। उनले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीसमक्ष निवेदनसमेत दिएका छन् । प्रहरीले दुर्व्यवहार कसले गरेको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।