ढोरपाटन। बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ। बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरूक भएका छन्। कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन्। बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि निरन्तर बाजा बजाउँदै आएका छन्। उनीहरूले विद्यालयमा हुने कार्यक्रम र विभिन्न मेला पर्वमा बजाउने […]