सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सर्लाहीमा १५८ मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रका रुपमा राखिएको छ ।  यहाँ रहेका चार निर्वाचन क्षेत्रमा ३१२ मतदानस्थल तोकिएको थियो । त्यसमध्ये १३१ संवेदनशील र २३ मतदानस्थललाई सामान्य समूहमा वर्गीकरण गरिएको हो ।  जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार सबै मतदानस्थलको […]